Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालमा अक्सिजन बाड्न अष्ट्रेलियामा सुरु भयो सहयोग संकलन । यसरी गर्न सकिन्छ सहयोग

नेपालमा अक्सिजन बाड्न अष्ट्रेलियामा सुरु भयो सहयोग संकलन । यसरी गर्न सकिन्छ सहयोग


सरल गुरुङ
नेपाल अहिले कोरोनाको चरम चपेटामा परेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार परिक्षण गरिएका आधा मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ८२ सय जनाभन्दा बढीमा कोरोना देखिएको छ । त्यस्तै यो समयमा ५३ जनाले ज्यान गुमाएका छन् । स्थानिय नेपाली संचारमाध्यमका अनुसार कोरोना संक्रमितको दर बढ्दै जादा अस्पतालहरुमा बेड र अक्सिजन सिलिण्डरको अभाव देखिएको छ । बेलैमा उपचार नपाउदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।
नेपालको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै एनआरएनए अष्ट्रेलियाले सहयोग संकलन सुरु गरेको छ । गो फण्डमि नामक क्राउढ फण्ड साइटमार्फत एनआरएनएले सहयोग संकलन सुरु गरेको हो । १ लाख १० हजार डलर संकलन गरेर नेपालका अस्पतालहरुमा अक्सिजन आपुर्तिमा सहयोग गर्ने एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

अभियानको १७ घण्टामा १६ जनाले ७ सय ५ डलर सहयोग उपलब्ध गराएका छन् । सहयोगका लागि यहाँ थिच्नुहोस्
सकेको सहयोग गर्न एनआरएनए अष्ट्रेलियाले सबै सामुदायिक संघसंस्था र नेपाली समुदायलाई आग्रह गरेको छ । गो फण्डमिमा बाहेक सहयोगीहरु सिधै एनआरएनए अष्ट्रेलियाको निम्न खातामा पनि रकम पठाउन सक्नेछन् ।
नेपाललाई दुख परेको बेलामा अष्ट्रेलियाका नेपालीले महत्वपुर्ण सहयोग गर्दै आएका छन् । प्राकृतिक प्रकोप होस् या मानविय सेवा यहाँका नेपाली सहयोग जुटाउन सधै अगाडी छ । कोरोनाको महामारीबाट ग्रस्त जन्मभूमिलाई सहयोग गर्न अष्ट्रेलियाका सबै नेपालीले सकेको सहयोग गर्न सबैमा अपिल गरिन्छ । Photo- Kantipur/Nepal

सहयोग जम्मा गर्ने खाता

NRNA Australia Charity Account BSB: 032-078

Account: 629083



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ