Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अष्ट्रेलियाको सदस्यता वितरण सुरु । यसरी बन्न सकिन्छ सदस्य

एनआरएनए अष्ट्रेलियाको सदस्यता वितरण सुरु । यसरी बन्न सकिन्छ सदस्य


ब्रिजवेन

आगामी चुनाव नजिकिदै गर्दा गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले सदस्यता वितरण सुरु गरेको छ । शनिवार मध्यरातबाट सदस्यताका लागि अनलाईन फारम खुल्ला गरिएको हो । जुन १० तारिखसम्म सदस्यताको फारम भरिसक्नुपर्नेछ । सदस्यताका लागि यसपाली २५ डलर शुल्क तोकिएको छ ।
अष्ट्रेलियाका टेम्पोरेरी रेसिडेन्ट भिषा टिआर, पिआर, नागरिक भइसकेका नेपालीमुलका मानिसले सदस्यता लिन सक्नेछन् । विद्यार्थीले भने मतदान अधिकार नभएको एशोसियटस् सदस्यता लिन सक्नेछन । यसअघि सदस्य भइसकेकाहरुले समेत सदस्यता नविकरण गर्नका लागि सबै कागजात पेश गर्नुपर्नेछ ।
हाल एआरएनए अष्ट्रेलियाको १२ हजार सदस्य छन् । आगामी कार्यकालका लागि जुलाई ३१ तारिख शनिवार चुनावको मिति तय भएको छ ।

सदस्यताका लागि यस्तो छ प्रकृया

एनआरएनए अष्ट्रेलियाले सदस्यताका लागि अनलाईन फारमको व्यवस्था गरेको छ । उक्त फारमका लागि यो लिंकमा थिच्नुहोस् ।
सदस्यता फारमको मुख्य पेजमा गएपछि ६ वटा चरण पार गरेपछि दर्ता प्रकृया पुरा हुन्छ । सदस्यका लागि सुरुमै व्यक्तिगत मापदण्ड पुरा गरेपछि मात्रै व्यक्तिगत विवरण भर्ने अर्को चरणमा पुग्न सकिन्छ । फोन नम्बर र इमेल भेरिफिकेसन गरेपछि अर्को चरणमा गएर कागजपत्र अपलोड गर्न मिल्छ । इमेलमा आएको कोड भेरिफिकेसन गरेपछि मात्रै सदस्यता शुल्क तिर्न सकिन्छ ।
इसपाली डेबिट र क्रेडिट कार्डबाट मात्रै रकम तिर्न सकिने व्यवस्था गरिएको छ । एउटा कार्डबाट आफु र नजिकका परिवारका ४ जना सदस्य सम्मको शुल्क तिर्न मिल्ने व्यवस्था गरिएको एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ