Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News८ हजार ८५९ संक्रमित थपिए, पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु

८ हजार ८५९ संक्रमित थपिए, पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी देशभर ८ हजार ८ सय ५० नयाँ संक्रमित थपिएका हुन ।

काठमाडौं उपत्यकामा मात्रै ४ हजार १ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौँमा ३ हजार १ सय ६१ जना, भक्तपुरमा ५ सय ४ जना, ललितपुरमा ५ सय ३३ जनामा संक्रमण देखिएको हो । नेपालमा यो सहित कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको छ । अहिले देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४ सय ३० जनाहोम आइसोलेसनमा र ६ हजार ७ सय ३० जना देशका विभिन्न कोभिड अस्पतालमा भर्ना गरिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जनासमेत गरेर ८८ जना संक्रमितको निधन भएको सरकारी तथ्यांकमा छ । पछिल्लो २४ घण्टामा देशभर गरी ४ हजार जनाले कोरोनालाई जितेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ