Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोनाका ९३ हजार बढी सक्रिय संक्रमित, एकैदिन १३९ को मृत्यु

नेपालमा कोरोनाका ९३ हजार बढी सक्रिय संक्रमित, एकैदिन १३९ को मृत्यु


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४ लाख नाघेको छ । सोमबार ९ हजार २७१ जना संक्रमित थपिएसँगै कूल संक्रमित संख्या ४ लाख ३ हजार ७९४ पुगेको हो । १८ हजार ४११ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ९ हजार २७१ संक्रमित थपिएका हुन् ।

सोमबार कोरोना संक्रमणबाट १३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ । सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ । ६ हजार ७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् । काठमाडौंमा सक्रिय संक्रमित संख्या २९ हजार ०७१ पुगेको छ । काठमाडौंमा अहिलेसम्म ८६३ जनाले ज्यान गुमाएका छन् । सोमबार ४ हजार ७ जना निको भएसँगै कोरोना जित्नेहरुको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।

कहाँ कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार ७७५, ललितपुरका ५०५ र भक्तपुरका ३२७ जना छन् । यस्तै, रुपन्देहीमा ५३०, कास्कीमा ४७३, मोरङमा ३९९, कञ्चनपुरमा ३९५, चितवनमा ३९२, कैलालीमा ३४०, बाँकेमा २९५, दाङमा २४६ तथा मकवानपुरमा २३८ जनामा संक्रमण पुष्टि भएको छ ।

झापामा १५४, पर्सामा १४४, धनुषामा १४४, काभ्रेमा १२७, कपिलवस्तुमा ११५ तथा पाल्पामा १०८ जना , सुनसरीमा ९४, महोत्तरीमा ८९, रौतहटमा ७७, नवलपरासी पश्चिममा ७६, अछाममा ७३, धादिङमा ७०, गोरखामा ६२ र उदयपुरमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ