Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअन्तर्राष्ट्रिय उडान जेठ १७ सम्म बन्द, एकैदिन ३ हजार बढी स्वदेश फर्किए

अन्तर्राष्ट्रिय उडान जेठ १७ सम्म बन्द, एकैदिन ३ हजार बढी स्वदेश फर्किए


काठमाडौंं । नेपालले अन्तर्राष्ट्रिय हवाई उडानमाथीको प्रतिबन्ध बढाएर आगामी जेठ १७ गतेसम्म पुर्याएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको बैठकले एयर बबल सुविधा अनुसार भारत र नेपालबीच सातामा दुईपटक हुने उडानबाहेक अन्य व्यवसायिक उडानमाथिको प्रतिबन्ध थप २ साता लम्ब्याइएको हो ।

सरकारले अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्न बिमान कम्पनीहरुलाई आग्रह गरेको छ ।

९३ आन्तरिक उडानबाट १ सय ४४ जनाको उद्धार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न वायुसेवाले ९३ आन्तरिक उडान भरेका छन् । जसबाट १ सय ४४ यात्रुको उद्धार भएको छ । ९३ उडानमध्ये मेडिकल उद्धारको उडान संख्या ४१ रहेको छ ।

३ हजार भन्दा बढी नेपाल प्रवेश
मंगलबार मात्र देशभरका अन्तर्राष्ट्रिय सिमानाकाबाट ३ हजार ८ सय १ नेपाली नागरिक नेपाल प्रवेश गरेका छन् । यीमध्ये १ जना मात्र विदेशी नागरिक रहेका छन् । सोमबार विभिन्न नाकाबाट ४ हजार २ सय १९ नेपाली नागरिक र ९ जना विदेशी नागरिक नेपाल प्रवेश गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ