Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्वास्थ्य पूर्वाधार र अक्सिजनको अभाव तत्काल हल गर्नु : सर्वोच्च अदालत

स्वास्थ्य पूर्वाधार र अक्सिजनको अभाव तत्काल हल गर्नु : सर्वोच्च अदालत


काठमाडौं । सर्वोच्च अदालतले जनतालाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन अस्पताल, स्वास्थ्यकर्मी, औषधी र अक्सिजनको पर्याप्त व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयसहित सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडक लगातयले दायर गरेको रीटमा न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले नागरिकको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सम्बन्धी सरोकारहरुको व्यवस्थापनका लागि सरोकारवालाहरु सम्मिलित कार्यसमिति बनाउन समेत आदेश दिएको हो ।
सुनुवाई गर्दै सर्वोच्चले ‘आवश्यक पर्ने औषधी र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधनयुक्त अस्पतालहरु सञ्चालमा ल्याउनु साथै अस्पतालहरुमा बिरामीहरुको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न’ भनी सरकारका नाममा आदेश जारी गरेको छ ।

आदेशको पूर्णपाठः



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ