Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको सिमाना थप १२ महिना नखुल्ने, विद्यार्थीका लागि भने यस्तो छ तयारी

अष्ट्रेलियाको सिमाना थप १२ महिना नखुल्ने, विद्यार्थीका लागि भने यस्तो छ तयारी


बजेट बिशेष/क्यानवेरा । कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको अष्ट्रेलियाको सिमाना थप १२ महिना नखुल्ने देखिएको छ । मंगलबार साँझ संसदमा पेश भएको अष्ट्रेलियाको बजेट २०२१/२२ ले अन्तराष्ट्रिय सिमाना खुल्नका लागि अर्को वर्षको मध्यसम्म कुर्नुपर्ने संकेत गरेको हो । यसबाट के बुझिन्छ भने खोप कार्यक्रम पूर्ण रुपमा संचालनमा आउदा समेत अन्तराष्ट्रिय सिमाना भने सहज रुपमा नखुल्ने देखिन्छ ।

सरकारले यो वर्षको अन्त्यसम्म सबै खोप कार्यक्रमलाई पूर्ण रुपमा संचालन गर्ने तयारी गरेको छ । तर, महामारीकै बिचमा ठ्याक्कै कत्ति खेर सिमाना खुल्छ भनेर अहिले नै एकिन गर्न नसकिने अधिकारीहरुले बताएका छन् । यसअघि विभिन्न राज्यले हरेक हप्ता भित्र्याउने गरेको अन्तराष्ट्रिेय यात्रुको संख्यालाई भने यथावत राखिने छ ।

विद्यार्थीका लागि भने यस्तो छ तयारी

अस्थाई र स्थाई आप्रवासीका लागि सन् २०२२ को मध्यबाट सिमाना खुल्ला गर्दै जाने तयारी गरेको सरकारले अन्तराष्ट्रिय विद्यार्थीका लागि भने केही सहज वातावरण बनाउने तयारी थालेको छ । विद्यार्थीहरुका लागि सन् २०२१ को अन्त्यतिरबाट सिमाना खुल्ला गर्दै जाने कार्यक्रम सरकारले बनाएको छ । जसका लागि राज्य सरकारले संघिय सरकारसंग आफ्ना राज्यका भर्ना भएका विद्यार्थीहरुलाई ल्याउनका लागि योजनाहरु पेश गरिरहेका छन् ।

न्यु साउथ वेल्स र भिक्टोरियाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेर विद्यार्थी ल्याउनका लागि योजना बनाइरहेको छ । यसअघि नर्दन टेरिटोरी राज्यले ७५ जना विद्यार्थीलाई भित्र्याइसकेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ