Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचिकित्सक सङ्घबाट ’रेड अलर्ट’ घोषणा, महामारिविरुद्ध एकजुट हुन अपिल

चिकित्सक सङ्घबाट ’रेड अलर्ट’ घोषणा, महामारिविरुद्ध एकजुट हुन अपिल


काठमाडौं । नेपाल चिकित्सक सङ्घले ’रेड अलर्ट’ घोषणा गरेको छ । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि सङ्घले नागरिकको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको निष्कर्षका साथ बुधवारबाट देशभर रेड अलर्ट घोषणा गरेको हो ।

बढ्दो सङ्क्रमितको सङ्ख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै सङ्घले सरकार, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र सर्वसाधारणलाई एकजुट भएर महामारीविरुद्ध लड्न अपिल गरेको छ । सङ्क्रमितहरू अस्पताल आउन नपाएको, आएकालाई अस्पतालले फर्काएको, बचाउन सक्ने अवस्था हुँदा हुँदै अक्सिजनको अभावमा बिरामीको ज्यान जाने जस्ता हृदय विदारक दृश्यहरू देखिनु निकै पीडादायी भएको भन्दै सङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

सङ्घले कोभिडको पहिलो लहरमा नै आवश्यक स्वास्थ्य व्यवस्थाका तयारी नगर्ने हो भने भयावह अवस्था आउन सक्छ भनेर निरन्तर सचेत गराउँदा पनि सरकार, राजनीतिक दललगायत सरोकारवाला गम्भीर बन्न सकेका छैनन । सङ्घका महासचिव डाक्टर बद्री रिजालले महामारी भयावह बन्दै गएकाले राजनीतिक जोड–घटाउलाई बन्द गरी सरकारसँगै सबै वर्ग र तप्का महामारीविरुद्धको लडाइँमा एकजुट हुन आह्वान गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ