Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएक लाखबाट उकालो लागे सक्रिय संक्रमित, ९४ हजार बढी संक्रमित घरमै

एक लाखबाट उकालो लागे सक्रिय संक्रमित, ९४ हजार बढी संक्रमित घरमै


काठमाडौं । नेपालमा सक्रिय संक्रमितको संख्या नै १ लाख १ हजार ६३४ पुगेको छ । संक्रमितहरुमध्ये ७ हजार २९१ जना संस्थागत आइसोलेसनमा र ९४ हजार ३४३ जना होम आइसोलेसनमा कोरोना बिरुद्धको युद्धमा होमिएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १६८ जनाको मृत्यु भएको छ । अहिले आईसीयूमा १ हजार २४१ र भेन्टिलेटरमा २ सय ८५ जना संक्रमितको उपचार भैरहेको छ ।

यी जिल्लामा थपिए संक्रमित
सबैभन्दा बढी काठमाडौँमा ३ हजार २५०, रूपन्देहीमा ७७१ र ललितपुरमा ४४८ जना, कैलालीमा ३३९, मोरङमा ३३६, झापामा ३००, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५ र भक्तपुरमा २२६ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, चितवनमा २०४, बैतडीमा १९९, मकवानपुरमा १८३, सुनसरीमा १३०, पाल्पामा १२१, धनुषामा ११५, काभ्रेपलाञ्चोमा १०८ र पर्सा र दार्चुलामा ७८\७८ जना, डोटीमा ७३, स्याङ्जामा ७१, अछाममा ६८, नुवाकोटमा ६७, नवलपरासी पूर्वमा ५७, धादिङमा ५२, रौतहट र नवलपरासी पश्चिममा ४५\४५ जना, सिन्धुली र बर्दियामा ४४\४४ जना, म्याग्दीमा ४२, डडेल्धुरामा ३९, अर्घाखाँची र दैलेखमा ३७÷३७ जना, भोजपुरमा ३५, संखुवासभामा ३२ र कञ्चनपुरमा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै मनाङमा २८, मुस्ताङमा २७, महोत्तरी, कपिलवस्तु र कालिकोटमा २५\२५ जना, बारामा २४, गोरखा र जाजरकोटमा २३\२३ जना, सप्तरीमा २२, गुल्मीमा १८, सिरहामा १७, सर्लाहीमा १६, रसुवामा १५, रामेछाप, सिन्धुपाल्चोक र तनहुँमा १४\१४ जना, पर्वतमा १३, प्युठान र सल्यानमा १०\१० जना, दोलखामा ११, उदयपुरमा ९, इलाममा ८, धनकुटा र रूकुम पश्चिममा ६\६ जना, जुम्लामा,लमजुङ, बागलुङ र रोल्पामा ५\५ जना कोरोना संक्रमित थपिएका छन् भने खोटाङ र बाजुरामा ३\३ जना, ओखलढुंगा, ताप्लेजुङ र तेह्रथुममा २\२ जना तथा पाँचथर, सोलुखुम्बु, डोल्पा र बझाङमा १\१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

७ सय ८८ जना १९ वर्षमुनिका संक्रमित
९ वर्ष मुनिका २३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि हुँदा १० देखि १९ वर्ष उमेर समूहका ५५६ जना कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ