Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीमा समुन्द्र सुरक्षा बारे निशुल्क प्रशिक्षण । सिक्नुस् अनि ज्यान जाेगाउनुस् ।

सिड्नीमा समुन्द्र सुरक्षा बारे निशुल्क प्रशिक्षण । सिक्नुस् अनि ज्यान जाेगाउनुस् ।


सिड्नी/सरल गुरुङ

भिजन फर माेटिभेसन ( भिएफएम) नामक युवाहरुकाे संस्थाले सिड्नीमा नेपाली विद्यार्थीलाइ समुन्द्र सुरक्षा बारे निशुल्क प्रशिक्षण दिने भएकाे छ ।

तामारामा सर्फ क्लबसंगकाे सहकार्यमा भिएफएमले आउदाे जनवरी १३ तारिखमा प्रशिक्षण दिन लागेकाे हाे । क्लवसंग मिलेर भिएफएमले गत वर्षदेखि गर्मीयाममा एक पटक यस्ताे प्रशिक्षणकाे आयाेजना गर्दै आएकाे छ ।
लाईफ सेभरहरुले समुन्द्रमै लगेर समुन्द्रकाे प्रकृति, छालकाे अवस्था र सुरक्षाका उपायहरु व्यवहारिक रुपमै देखाउने हुनाले पनि याे प्रशिक्षण प्रभावकारी हुने आयाेजककाे भनाई छ ।

प्रशिक्षार्थीहरु सिड्नीकाे सेन्ट्रेल स्टेसनमा बिहान १० बजे जम्मा भई बस चढेर बाेन्डाई नजिकै रहेकाे तामारामा समुन्द्री तटमा जाने तयारी छ । गत वर्षदेखि सुरु यस्ताे प्रशिक्षणमा ७० जना भन्दा बढी विद्यार्थी सहभागी हुदै आएकाे आयाेजकले जनाएकाे छ ।

तस्बिर- सन् २०१७ मा भिएफएम र तामारामा सर्फ क्लबले आयाेजना गरेकाे समुन्द्र सुरक्षा प्रशिक्षणमा सहभागी नेपाली

तामारामा सर्फ क्लवले १० जनाभन्दा बढी संख्यामा समुह बनाई आएमा निशुल्क समुन्द्र सुरक्षा बारे तालिम दिन्छ । तालिमका क्रममा चियापानकाे समेत क्लवले व्यवस्था गर्नेछ ।

तस्बिर- सन् २०१७ मा भिएफएम र तामारामा सर्फ क्लबले आयाेजना गरेकाे समुन्द्र सुरक्षा प्रशिक्षणमा सहभागी नेपाली

 

तस्बिर- सन् २०१७ मा भिएफएम र तामारामा सर्फ क्लबले आयाेजना गरेकाे समुन्द्र सुरक्षा प्रशिक्षणमा सहभागी नेपाली

 

अष्ट्रेलियामा समुन्द्रमा पाैडी खेल्ने क्रममा नेपाली विद्यार्थीकाे ज्यान जाने क्रम बढेपछि समुन्द्री सुरक्षा बारे नेपाली समाजमा चासाे र चिन्ता दुबै बढेकाे छ ।समुन्द्रकाे अवस्था र प्रकृति बारे सामान्य ज्ञान समेत नलिई पाैडी खेल्दा दुर्घटना हुने जाेखिम हुन्छ । दुर्घटना बढिरहेपनि राजदुतावास र गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले जाेखिम घटाउन खासै पहल नगरेकाे जानकारहरु बताउछन् ।
त्यसाे त, स्थानिय सर्फ क्लवहरुले निशुल्क प्रदान गर्ने तालिमकाे जाेहाे समेत गर्न ती निकायहरु तातेका छैनन् ।
पछिल्लाे तीन वर्षमा मात्रै झण्डै ६ जना नेपाली विद्यार्थीले समुन्द्रमा डुबेर ज्यान गुमाएका छन् ।

समुन्द्री सुरक्षा बारे सन् २०१७ काे प्रशिक्षण भिडियाे हेर्नु यहाँ क्लिक गर्नुस्    https://youtu.be/0fvL-v7eG2o



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ