Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराज्यमन्त्री र सञ्चारकर्मी रवि लामिछानेबीचको बादबिवाद, किन बन्दैछ भाइरल ?

राज्यमन्त्री र सञ्चारकर्मी रवि लामिछानेबीचको बादबिवाद, किन बन्दैछ भाइरल ?


काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । जहाँ सञ्चारकर्मी रवि लामिछानेले शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसँग सवाल जवाफ गरेका छन् ।

भिडियोमा सञ्चारकर्मी लामिछानेले मन्त्रीसँगै अक्सिजन सिलिण्डर मिलाउन आग्रह गरेको बुझिन्छ । आफन्त र चिनेजानेका व्यक्तिहरुको उपचारका लागि दबाब दिने तर एक सिलिण्डर अक्सिजन मिलाउन नसक्ने मन्त्रीको व्यवहारलाई लिएर लामिछानेले केही आक्रोश पोखेका छन् । मन्त्रीलाई सञ्चारकर्मी लामिछानेले भनेका छन्, ‘एक सिलिन्डर अक्सिजन मिलाउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’ यही भनाइबारे सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएपछि रविको टिमले स्पष्ट पार्न खोजेको छ ।

सहकर्मी दीपक बोहोराले सोही विषयमा सामाजिक सञ्जालमार्फत स्पष्ट पार्न खोज्दै यस्तो लेखेका छन् । ‘यो फोटो सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर जनमैत्री अस्पतालको गेटमा गाडीबाट झर्दै गर्दाको हो, जतिबेला रवि लामिछाने मन्त्रीज्यूलाई दस औँला जोडेर स्वागत गर्दै थिए । कतिले हिजोको भिडियो हेरेपछि रविले त्यसरी ‘जाबो एक सिलिन्डर अक्सिजन ल्याउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’ नभनेको भएपनि हुन्थ्यो भने,’ उनले फेसबुकमा लेखेका छन्, ‘मन्त्रीज्यूको घर जनमैत्री अस्पताल नजिकै छ । मन्त्रीज्यू आफ्ना चिनेजानेका विरामीलाई भर्ना गर्न अस्पताल प्रशासनलाई निरन्तर दबाब दिईरहनु भएको रहेछ । तर, अस्पतालका लागि अक्सिजन मिलाइदिने आग्रह चाहिँ नसुने झैं गर्ने ।

अस्पतालमै आएका बेला रविले मन्त्रीज्यूलाई अक्सिजन मिलाइदिन आग्रह गरे । मन्त्रीज्यूले जति पनि मिलाइदिने भनेर नजिकैको अक्सिजन उद्योग लैजानुभयो । तर, एक सिलिन्डर पनि मिलाउन सक्नु भएन । आफन्तलाई उपचारको दबाब दिने तर एक सिलिन्डर अक्सिजन मिलाउन नसकेपछि रविले भन्दिए, ‘एक सिलिन्डर अक्सिजन मिलाउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ