Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका ७४ जिल्लामा निषेधाज्ञा, यी हुन रेड जोनमा परेका ५६ जिल्ला

नेपालका ७४ जिल्लामा निषेधाज्ञा, यी हुन रेड जोनमा परेका ५६ जिल्ला


काठमाडौं । कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । मनाङ, खोटाङ र तेह्रथुममा मात्र निषेधाज्ञाको आदेश जारी भएको छैन । हाल मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ भने ६९ जिल्लामा जिल्लाभर निषेधाज्ञा छ ।

सबैभन्दा पहिले बाँकेमा वैशाख १३ गते, सुर्खेतमा वैशाख १४ गते, कास्कीमा वैशाख १५ गते र काठमाडौं उपत्यकाका जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको छ । सक्रिय संक्रमितहरु बढेसँगै अहिले देशभरका ५६ जिल्ला रेड जोनमा परेका छन् ।

सक्रिय संक्रमित ५०० भन्दा बढी भएका ३७ जिल्लाहरु
प्रदेश १ को झापा, मोरङ सुनसरी, प्रदेश को बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा र सप्तरी, वाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र सिन्धुली, गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, स्याङ्जा, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु र नवलपरासी पश्चिम, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, बैतडी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित २०० भन्दा बढी भएका १९ जिल्लाहरु
प्रदेश १ को ताप्लेजुङ, उदयपुर, धनकुटा र संखुवासभा, प्रदेश २ को सिराहा र सर्लाही, वाग्मतीको रामेछाप र रसुवा, गण्डकीको लमजुङ, पर्वत र म्याग्दी, लुम्बिनीको गुल्मी र रोल्पा, कर्णालीको जाजरकोट, दैलेख, सल्यान र रुकुम पश्चिम अनि सुदूरपश्चिमको डडेल्धुरा र डोटीमा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ