Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsझापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस !

झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस !


काठमाडौं । काठमाडौं विश्वविद्यालयले दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । वैशाख ३१ गते बसेको काठमाडौँ विश्वविद्यालयको कार्यकारी परिषद्को ६२५ औँ बैठकले बी एण्ड सीलाई सम्बन्धन दिने बारे सिफारिस गरेको हो ।

केयुले सोमबार विज्ञप्ति जारी गर्दै बैठकले निरीक्षण प्रतिवेदनको आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३ (६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय भएको जानकारी गराएको छ । यसअघि काठमाडौँ विश्वविद्यालयको ८९ औँ बैठकले सम्बन्धन प्रक्रिया अगााडि बढाउने निर्णय गर्नुका साथै विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेसम्म कलेजको स्थलगत निरीक्षण गरेको थियो । सोही निरिक्षणका आधारमा सम्बन्धनका लागि योग्य भएको ठहर काठमाडौं विश्वविद्यालयले गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ