Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा १ लाख १४ हजारभन्दा बढी सक्रिय संक्रमित, २ हजार आईसीयू र भेन्टिलेटरमा

नेपालमा १ लाख १४ हजारभन्दा बढी सक्रिय संक्रमित, २ हजार आईसीयू र भेन्टिलेटरमा


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २०३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसन अर्थात देशभरका विभिन्न अस्पतालमा उपचाररत छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २ हजार ४९ जना, मोरङमा ५०७, रूपन्देहीमा ३८०, ललितपुरमा ३६५, काभ्रेपलाञ्चोकमा ३१५ र चितवनमा ३०८ जना, सुनसरीमा २९८, झापामा २५३, कास्कीमा २२९, भक्तपुरमा २२१ र पाल्पामा २०१ जना, सुर्खेतमा १९५, दाङमा १९१, धादिङमा १४५, धनुषामा १४०, सप्तरीमा १३३, जाजरकोटमा १२४, नुवाकोट र रामेछापमा १०९÷१०९ जना, सिन्धुपाल्चोक र गुल्मीमा १०५÷१०५ जना र तनहुँमा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, डोटीमा ९५, दोलखामा ९०, सिन्धुलीमा ८४, स्याङ्जामा ८०, कञ्चनपुरमा ७४, पर्सामा ७०, लमजुङमा ६३, गोरखामा ६०, दैलेखमा ५९,नवलपरासी पश्चिममा ५५, नवलपरासी पूर्वमा ५८ र अछाममा ५० जना, रौतहट र बैतडीमा ४९÷४९ जना, महोत्तरीमा ४८, धनकुटामा ४५, सल्यानमा ४४, पर्वतमा ४३, डडेल्धुरामा ३९, अर्घाखाँचीमा ३७, सिरहामा ३६, बाँकेमा ३४, इलाममा ३३, तेह्रथुममा २६, उदयपुर र बारामा २५\२५ जना, ताप्लेजुङमा २२ जना, रूकुम पश्चिममा १८, रसुवामा १६, जुम्लामा १५, सर्लाही र कपिलवस्तुमा १४\१४ जना, म्याग्दीमा १२, बर्दियामा ११, सोलुखुम्बु र रोल्पामा १०\१० जना, कैलालीमा ९, ओखलढुंगामा ७, मकवानपुरमा ५ जना, भोजपुर र प्युठानमा ४\४ जना, खोटाङ र बागलुङमा २\२ जना तथा पाँचथर र संखुवासभा, मुस्ताङ, कालिकोट, मुगु र हुम्लामा १\१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये ९ वर्ष मुनिका १७१ बालबालिका, १० देखि १९ वर्ष मुनिका ५१० जनामा कोरोना संक्रमण पहिचान भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ