Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएयरलाइन्सको टिकट महंगो भयो, नागरिक उड्डयनमा उजूरी दिनुहोस्

एयरलाइन्सको टिकट महंगो भयो, नागरिक उड्डयनमा उजूरी दिनुहोस्


काठमाडौं । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै हुँदैआएका चार्टर्ड उडान भर्दै आएका विमान कम्पनीले यात्रुबाट चर्को भाडा असुलेको समचारप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण नेपालमा अलपत्र पर्यटक तथा कूटनीति क्षेत्रमा नागरिकलाई गन्तव्यसम्म पुर्याउन सम्बन्धित दूतावासको सिफारिसमा मन्त्रालयले सहजीकरणमात्रै गरेको जानकारी दिएको हो ।

एयरलाइन्सले टिकेटिङ्गमा अनियमितता गरेको भए मन्त्रालय वा नागरिक उड्डयन प्राधिकरणको इमेलमा सम्पर्क गर्न आग्रह गर्दै यात्रुबाट बढी भाडा लिएको पाइए त्यस्ता व्याक्ति वा संस्थालाई कारवाही गर्ने प्रतिबद्धता समेत मन्त्रालयले गरेको छ । पछिल्लो समय नेपालमा रहेका भारतीय नागरिकलाई समेत चार्टर्ड उडानमार्फत विदेश जाने अनुमति दिइएको छ । यसका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कुल १० उडानका लागि अनुमति पाएका छन् ।

यसअघि व्यवसायीले चार्टर्ड उडानमा केही सीमित व्यक्तिको मिलेमतो हुने भन्दै नेपाल एयरलाइन्सलाई प्राथमिकता दिएर नियमित उडान खोल्न माग गर्दै आएका थिए । जेठ १७ सम्म नेपालमा अन्तर्राष्ट्रिय नियमित उडान बन्द भएको छ । अहिले कार्गो उडान, मेडिकल प्रयोजनमा हुने उडान र यात्रु बोक्न चार्टर्ड जहाज मात्रैले उडान भर्नेगरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ