Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना नियन्त्रण गर्न अष्ट्रेलियाले नेपाललाई ७ मिलियन डलर दिने

कोरोना नियन्त्रण गर्न अष्ट्रेलियाले नेपाललाई ७ मिलियन डलर दिने


ब्रिजबेन । कोरोना महामारिको नियन्त्रण र उपचार सेवा प्रभावित भएको नेपालमा स्वास्थ्य सामाग्री किन्न मित्र राष्ट्र आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार विदेशमन्त्री मरिस पेनद्धारा जारी गरिएको विज्ञप्तीमा अष्ट्रेलियन सरकारले नेपाल, बंगलादेश र श्रीलंकालाई १७. ५ मिलियन डलर सहयोग गर्न लागेको उल्लेख छ ।

सहयोग रकममध्ये ७ मिलियन अर्थात साढे ६३ करोड रुपैयाँ नेपालका लागि खर्च गरिनेछ । नेपालमा जाने सहयोग रकम नेपाल सरकारमार्फत भने नजाने भएको छ । सहयोग पठाउनका लागि अष्ट्रेलियन सरकारले संयुक्त राष्ट्र संघको नियोग तथा गैर सरकारी संघसंस्थालाई मध्यम बनाउने विज्ञप्तीमा उल्लेख छ । सहयोग रकमबाट अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गरिनेछ ।
विदेशमन्त्री पेनले कोरोना संक्रमणको दर उच्च रहेका उत्तरपुर्वी हिन्द महासागर क्षेत्रका देशहरुलाई सहयोग गर्न अष्ट्रेलिया सदैव तयार रहेको बताउनुभयो । “अष्ट्रेलियाले गर्ने सहयोग सिधै अति आवश्यक क्षेत्रमा सहायता पुर्याउनका लागि प्रयोग हुनेछ” मन्त्री पेनले भन्नुभयो

अष्ट्रेलियाली समुदायले नेपाल, बंगलादेश र श्रीलंकामा भएका आफ्ना परिवार र साथीभाईको अवस्था बारे निकै चिन्ता व्यक्त गरिरहेका छन् । हाम्रा सहयात्री निकायहरुको सहकार्यमा हामी उक्त क्षेत्रमा कोभिडविरुद्धको लडाईमा सहयोग गरिरहनेछौ मन्त्री पेनले भन्नुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ