Tuesday, 9 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews‘मल्टिमिडिया’ र ‘व्युटीविथ प्रपाेज’ दुबैमा श्रृंखला विजयी । उत्कृष्ट ३० मा स्थान सुरक्षित

‘मल्टिमिडिया’ र ‘व्युटीविथ प्रपाेज’ दुबैमा श्रृंखला विजयी । उत्कृष्ट ३० मा स्थान सुरक्षित


मल्डिमिडिया अवार्ड जितेपछि श्रृंखला तस्बिर- मिस वल्ड

डिसेम्बर ४, सिड्नी- नेपालकाे प्रतिनिधित्व गर्दै मिस वल्डमा सहभागी भईरहेकी श्रृंखला खतिवडा ‘मल्टिमिडिया’ र ‘व्युटीविथ प्रपाेज’ दुई विधामा उत्कृष्ट बनेकी छिन् ।

याे विजयसंगै श्रृंखलाले मिस वल्डकाे टप ३० मा स्थान सुरक्षित बनाएकी छिन् । 

सामाजिक संजालमा मानिसकाे सक्रियता, सामाग्रीकाे गुणस्तर, त्यसकाे प्रभाव विश्लेषण गरेर मल्टिमिडिया अवार्ड विजेता घाेषणा भएकाे मिस वल्डकाे वेव साईटमा लेखिएकाे छ। मल्टिमिडियाकाे पहिलाे चरणमा टप ५ मा नेपालसंगै ईङल्याण्ड, पाेर्टुरिकाे, चीन र केन्या छनाेट भएका थिए । दाेस्राे चरणका लागि टप पाचै जनाले मिस वल्ड भईरहेकाे चीनकाे शहर शान्याकाे पर्यटन प्रवर्धन भिडियाे तयार पारेका थिए । त्यहि भिडियाेमा उत्कृष्टता हासिल गरेर श्रृंखलाले उपाधी जितिन् ।

 त्यसाे त, श्रृंखालाकाे विउटि विथ प्रपाेज विधाले पनि निर्णायक टाेलीकाे मन जित्याे । 

विश्वका २५ देशका सुन्दरीकाे याेजना खाका पहिलाे चरणमा छानिएका थिए । ती सबैलाई उछिनेर, श्रृंखलाकाे नेपालका ग्रामिण भेगमा स्वास्थ्य सुविधा पुर्याउने याेजनाले विजय हालिस गर्याे । निर्णायक टाेलीका एक जुलिया माेर्ली भन्छन् – मिस वल्ड शारिरिक सुन्दरताकाे मात्रै प्रतियाेगिता हाेइन । बरु व्युटी विथ प्रपाेज जस्ता विधाले याे प्रतियाेगितालाई मानविय संवेदनासंग पनि जाेडेकाे छ ।

जारी मिस वल्र्ड अन्तर्गत ‘टप–३०’ को अन्तिम लिस्ट तयार भएपछि समूह विभाजन गरी उनीहरुबीच थप प्रतिस्पर्धा हुनेछ । त्यो प्रतियोगिताबाट ‘टप–१५’ छनोट हुनेछन् । त्यसपछि ती १५ जना प्रतियोगीहरु बीचबाट ‘टप–५’ छानिनेछन् । यसरी छनोट भएका ‘टप–५’ बाट तीन जना क्रमैसँग मिस वल्र्ड, फस्र्ट रनर अप र सेकेन्ड रनर अपका रुपमा छनोट हुनेछन् । बाँकी दुई जना भने टप पाइभको प्रतिस्पर्धीमै सिमित हुनेछन् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ