Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसद विघटन सम्बन्धी बिवादका २८ रिट अदालतमा, फैशलाको प्रतिक्षा ?

संसद विघटन सम्बन्धी बिवादका २८ रिट अदालतमा, फैशलाको प्रतिक्षा ?


काठमाडौं । संसद विघटन सम्बन्धी बिवादलाई लिएर सर्बोच्च अदालतमा २८ थान रिट दर्ता भएका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार १४६ सासदको तर्फबाट संयुक्त एउटासहित २८ वटा रिट दर्ता भएका हुन् ।

विपक्षी गठबन्धनका १४६ जना सांसदमध्ये १३९ जना आफैँ उपस्थित भएर निवेदनमा सनाखत गरेका थिए भने बाँकी ७ जनाले वारेसमार्फत उपस्थिति जनाएका थिए । संसद पुनस्थापन गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २४ वटा रिट र राष्ट्रपतिको कदम सदर गर्नुपर्ने माग सहितका चारवटा निवेदनमा ओलीलाई नै प्रधानमन्त्री तोकेर चुनावमा जाने निर्णयलाई वैधानिकता दिनुपर्ने माग गरिएको छ । जसमध्ये ९ वटा रिट उपर संवैधानिक इजलासमा सुनुवाइ गर्न माग गरिएको छ । रिट निवेदनको पहिलो सुनुवाइ मंगलबार हुँदैछ ।

सोमबार, आफूले समर्थन गरेका प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा १ सय ४६ सांसद आफैं लामबद्ध भएर उपस्थित भएका थिए । नेपाली इतिहासमै पहिलो पटक बहुमत सांसद सरकार गठनका लागि सर्वोच्च अदालतको रिट दर्ता शाखा अघि लामबद्ध भएको यो दृष्य विरलै देख्न पाइन्छ । जुन दृश्य सर्वोच्च अदालत आफैंले पनि खिचेर राखेको छ ।

बहुमत सांसद आफै उपस्थित भएर बैकल्पिक सरकार गठनको संभावना कायम रहँदा रहँदै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले सुनियोजित रुपमा संसद विघटन गराएर कथित चुनाव घोषणा गरेको दाबी प्रस्तुत गर्दैगर्दा अदालतको फैशला कहिले र कस्तो आउँला ? सबैले चासोका साथ प्रतिक्षा गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ