Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका विश्वविद्यालय संकटमा, विदेशी विद्यार्थी ल्याउने वातावरणको खोजी

अष्ट्रेलियाका विश्वविद्यालय संकटमा, विदेशी विद्यार्थी ल्याउने वातावरणको खोजी


ब्रिजबेन, एजेन्सी । अष्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया आउने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । महामारी शुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सरकारले लामो समयदेखि हवाई उड्डयन बन्द गरिएका कारण विदेशी विद्यार्थीहरु अष्ट्रेलिया फर्किन पाएका छैनन् ।

अष्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्याँकअनुसार यहाँ पहिलेका वर्षहरूको तुलनामा विश्वविद्यालय भर्नामा हुनेहरुको संख्यामा ३३ प्रतिशतले कमी आएको छ । विद्यार्थी घटेसँगै विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ । यसैले अष्ट्रेलियाका विश्वविद्यालहरुले आफ्ना देशबाट बिदामा गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका गर्न माग गरेको बताइएको छ ।

कोरोना भाइरसको महामारीका कारण अष्ट्रेलियाका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण छुट्टीमा गएका विदेशी विद्यार्थीहरु अष्ट्रेलिया फर्किन पाएका छैनन् भने भिषा लागेका विदेशी विद्यार्थीहरु समेत कहिले अष्ट्रेलियाको उडान खुल्ने होला भन्ने प्रतिक्षामा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ