Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिका र बेलायतबाट १ करोड डोज खोप नेपाल आउँदै, सहयोग निरन्तर

अमेरिका र बेलायतबाट १ करोड डोज खोप नेपाल आउँदै, सहयोग निरन्तर


काठमाडौं । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रमले तिब्रता पाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको जानकारी दिएको हो ।

सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज कोरोना विरुद्धको भ्याक्सिन ल्याउने गृहकार्य अघि बढाएको छ । मुख्य सचिव वैरागीकै निर्देशनअनुसार कार्यालयले अन्य मन्त्रालयसँग नियमित समन्वय गर्दै कोभिड रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन आवश्यक रणनीति अख्तियार गरी नीतिगत सुधारमा समेत जोड दिँदै आएको प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्मा बताउनुहुन्छ । सरकारकै तत्परतामा परराष्ट्र मन्त्रालयले अमेरिकाबाट ५० लाख डोज जोन्सन एन्ड जोन्सन भ्याक्सिन खरिद गर्न अमेरिकी सरकारलाई पत्राचार गरेको छ । यस सम्बन्धमा सम्बन्धित देशको दूतावासमार्फत समन्वय भइरहेको बताइएको छ । यसैगरी, बेलायत सरकारसँग ५० लाख परिमाणकै खोप ल्याउनसमेत आवश्यक पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार १ सय थपसहित हालसम्म देशभर ३ हजार २ सय क्वारेन्टिन बेडको व्यवस्था गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाबाट तीनवटा कार्गो विमानद्वारा केही दिनभित्रै स्वास्थ्य सामग्री ५ लाख ¥यापिड डाइग्नोस्टिक टेस्ट, ५ लाख सर्जिकल मास्क, ९ लाख ६२ हजार केएन ९५ मास्क, ५० हजार फेस सिल्ड, २६ सय बढी ब्याग, १४ लाख गाउन, ५० हजार गगल्स नेपाल आउन लागेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ