Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाबाट हङ्कङ हुदै नेपाल जाँदा विमानस्थलबाटै फर्कनु पर्ला नि ! बच्न यसाे गर्नुस्

अष्ट्रेलियाबाट हङ्कङ हुदै नेपाल जाँदा विमानस्थलबाटै फर्कनु पर्ला नि ! बच्न यसाे गर्नुस्


सिड्नी/अष्ट्रेलियाकाे विभिन्न शहरबाट नेपाल जाने क्रममा विमानस्थलमा बाेर्डिङपास नपाएर नेपालीले दुख पाउने गरेका छन् । 

उडान रद्द नै भएर सयाै डलर गुमाउनु परेका उदाहरण पनि छन् । के के गर्दा यस्ताे सास्तिबाट बच्न सकिन्छ त ? 

सिड्नीमा रहेकाे यति ट्राभल्सका महेन्द्र कुमार लम्सालले यस्ताे सुझाव दिनुभएकाे छ । 

नेपाली पासपोर्ट वाहकलाइ बिदेशबाट हङ्कङ  हुदै नेपाल वा अन्य मुलुक जादा भिसा चाहिन्छ ? 

उचित जानकारीको अभावमा, बिशेष गरि अनलाइन टिकट काटेका यात्रुहरु  प्राय दैनिक जसो सिड्नी विमानस्थलमा बाेर्डिङ पास नपाएर दुख पाएको मात्र होइन ठुलो आर्थिक मारमा समेत परेका छन् |  टिकट काट्नु अगाडी निम्न कुरा हरुमा ध्यान दिनु हुन अनुरोध छ :

१- यात्रा भरि तपाइको पासपोर्टकाे कम्तिमा ६ महिनासम्म अन्तिम मिति हुनुपर्छ । 

२- यात्रा गर्ने मुलुक र ट्रान्जिट हुने देशमा भिसाको प्राबधान के छ बुझ्नुपर्छ । 

३- तपाइको हवाई टिकटमा भएको नाम  र पासपोर्टमा लेखिएको नाम १०० प्रतिशत मिल्नुपर्छ  

 

नेपाली पासपोर्टबाहक यात्रुहरुलाई हङ्कङमा भिसा   सम्बन्धि प्राबधान यस्तो छ : 

यदि तपाई बिदेशबाट कुनै पनि मुलुकमा यात्रा गर्दै हुनुहुन्छ र टिकट   Cathay Pacific  र Dragon Air मात्र छ भने १२ घण्टासम्मको ट्रान्जिटका लागि भिसा लगाउन पर्दैन |  तर कुनै एक सेक्टरका लागि Cathay Pacific र Dragon Air बाहेक अरु कुनैपनि विमानको टिकट लिनु भएको छ भने हङ्कङकाे भिसा बिना यात्रा सुरु गर्ने देशकाे विमानस्थलमै  तपाईलाइ बाेर्डिङ पास दिदैन | 

उदाहरणका लागि 

१ यदि  तपाईसंग सिड्नीदेखि  हङ्कङसम्म   Cathay Pacific   र Hong Kong बाट काठमाडाैसम्म Dragon Air को टिकट छ भने १२ घण्टा ट्रान्जिटसम्म भिसा लगाउन पर्दैन र निर्वाध यात्रा गर्न सक्नुहुनेछ |

२ तर नेपाल जानका लागि तपाईसंग सिड्नीबाट हङ्कङसम्म  Qantas Airway र हङकङबाट  काठमाडाैसम्म Dragon Air को टिकट छ भने हङ्कङको पुर्व भिसा नभए सम्म सिड्नी एरपोर्टमा बाेर्डिङपास पाउनु हुन्न |

अनलाईनमा हेर्दा २ नम्बरको टिकट (Qantas/Dragon combination) सस्तो देखिन्छ र यात्रुहरु आफ्नो क्रेडिट कार्ड हालेर टिकट काट्ने हुनाले यस्तो समस्या देखिएको छ| तसर्थ आफ्नो टिकट काट्नु अगाडी नै साबधानी अपनाउन अनुरोध गरिन्छ | 

माथिको नियम नेपाल जादा मात्र होइन नेपाली पासपोर्ट बाहकहरु हङ्कङ हुदै अन्य कुनै मुलुकमा जादापनि लागू हुन्छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ