Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsओली सरकारको पपुलिस्ट बजेट, बुँदागत रुपमा हेर्नुहोस्

ओली सरकारको पपुलिस्ट बजेट, बुँदागत रुपमा हेर्नुहोस्


काठमाडौं । प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेको ओली सरकारले पपुलिस्ट बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८\७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री पौडेलले बाचन गरेको बजेटका लोकप्रिय कार्यक्रमका बुँदाहरु :

१. ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ

२. आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने

३. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत

४. लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन

५. तरकारी, दूध र माछा(मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

६्. विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने

७. निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

८. ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने

९. निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

१०. विवादित गरिबी निवारण कोष खारेज

११. स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा

बजेटमा रहेका थप कार्यक्रमहरु बुँदागत रुपमा हेर्नुहोस्

– खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ।

– अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत अनुदान दिइने ।

– युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने ।

– विद्यार्थीलाई निशुल्क सिमकार्ड । सहुलियत ऋणमा ल्यापटपकिन्न ८० हजार उपलब्ध गराइने ।

– महिला बालिकाको सुरक्षाका लागि १ अर्ब २० करोड विनियोजन ।

– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन ।

– निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।

– सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो ।

– गरीबसँग विश्वेश्वर कार्यक्रम यथावत, गरिवी निवारण कोष खारेज ।

– दिगो वन व्यवस्थापन सञ्चालन गरिने ।

– ३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब बिनियोजन ।

– उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन ।

– दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बन्ने । गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने ।

– कृषि तथा पशुपालन विकासका लागि ४५ अर्ब ९ करोड विनियोजन ।

– वन क्षेत्रमा सामुहिक खेतीलाई प्रोत्साहन,निजी जग्गामा रुख रोप्न प्रोत्साहन,सडकका किनारामा फलफूलका विरुवा रोपिने ।

– सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने ।

– पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेमा सहुलियत दिइने ।

– आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको उत्पादन र विक्री वितरण गर्न नपाइने ।

– काठमाडौंमा अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गरिने ।

– २०८८ सम्म पेट्रोलियम सवारी साधनलाई विद्युतीय गाडीले विस्थापन गर्ने ।

– पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब ३५ करोड बढी हो ।

– साल्ट ट्रेडिङसँग र खाद्य कम्पनीबाट ग्यास र खाद्यान्न किन्दा २० प्रतिशत छुट ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ