Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा, खुकुलो बनाइदै

काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा, खुकुलो बनाइदै


काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय १० दिन थपिने भएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार जेठ ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा गरिएको थियो ।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको बैठकले सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय गरेको छ । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन रोकिएका थिए । प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष निकालेका छन् भने उपत्यकाबासी कहिले निषेधाज्ञा खुल्ला भन्ने प्रतिक्षामा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ