Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशबाट नेपाल आउँदै हुनुहुन्छ, यी होटल क्वारेन्टिनमा बस्नुपर्ने

विदेशबाट नेपाल आउँदै हुनुहुन्छ, यी होटल क्वारेन्टिनमा बस्नुपर्ने


काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुका लागि नयाँ मापदण्डसहित ७८ वटा होटललाई क्वरेन्टीनका रुपमा तोकेको छ । सरकारले कतार, टर्की र चिनबीच सातामा एक पटक उडान खोलेसँगै पर्यटन विभागले ७ वटा पाँचतारे, चार तारे ३ वटा, तीन तारे ७ वटा, २ वटा रिसोर्टसहित नयाँ होटल क्वरेण्टीनको सूची सार्वजनिक गरेको हो ।

विभागले यसअघि भारतबाट आउने यात्रुका लागि तोकिएको ८ होटललाई पनि यही सूचिमा राखिएको छ । क्वरेण्टीन स्थलका रूपमा प्रयोग हुने होटल कम्तीमा २० कोठा भएको हुन पर्नेछ । सरकारले खाडीका देश र मलेसियाबाट रोजगारी गरी फर्किएकालाई पाँच दिन र अन्य देशबाट फर्कनेका लागि १० दिनको होटल क्वरेण्टीन अनिवार्य गरेको छ । क्वारेन्टिन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउन्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैँचा भएको हुनुपर्ने सर्त राखिएको छ ।

होटलको कोठामा टिभी, वाईफाईको सुविधा अनिवार्य गरिएको छ । अट्याच ट्वाइलेट र नुहाउन तथा पिउने तातोपानीको व्यवस्थाका साथै होटलले खाना र अन्य सेवा कोठामा वा प्यासेजमा मात्र प्रदान गर्नुपर्ने मापण्डमा बनाइएको छ । होटल क्वारेन्टिनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमुना सङ्कलनका लागिसमेत पर्याप्त स्थान भएको हुनुपर्ने सर्त राखेर क्वारेन्टिन तोकिएको छ ।
हेर्नुहोस् होटलको सूची :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ