Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाललाई स्वास्थ्य सहायता गर्न अष्ट्रेलिया सरकारलाई सांसदको पत्र

नेपाललाई स्वास्थ्य सहायता गर्न अष्ट्रेलिया सरकारलाई सांसदको पत्र


ब्रिजबेन । अष्ट्रेलियाको पश्चिम सिड्नीस्थित राज्यसभाकी सांसदले कोभिड–१९ महामारीविरुद्धको लडाईमा नेपाललाई सहायता गर्न सरकारलाई आग्रह गर्नुभएको छ । सांसद मिचेल रोल्यान्डले बुधबार राज्य सभाको फेडरेसन चेम्बरलाई पत्र लेख्दै तत्काल नेपाललाई स्वास्थ्य सहायता गर्न आग्रह गर्नुभएको हो ।

सांसद रोल्यान्डले कोभिड–१९ महामारीको कारण पछिल्लो समय सबैभन्दा बढी प्रभावित नेपाललाई सहयोग गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने पत्रमा उल्लेख गर्नुभएको छ । पश्चिम सिड्नीको ग्रीनवे राज्यकी सांसद तथा छायाँ संचारमन्त्री समेत रहनुभएकी रोल्यान्डले स्वास्थ्य सामग्री आपूर्तिका लागि सरकारले अष्ट्रेलियास्थित नेपाली दूतावाससँग मिलेर काम गर्नुपर्ने सुझाब दिनुभएको छ ।

अष्ट्रेलियास्थित नेपाली समुदायले आफ्नो मुलुकलाई सहायताका लागि त्यहाँको सरकारलाई अनुरोध गरेको प्रसंग कोट्याउँदै रोल्यान्डले नेपाली समुदायप्रति ठूलो सदाशयता रहेको जनाउनुभएको छ । सांसद रोल्यान्डले पठाएको पत्रमा नेपालमा कोरोनाभाइरस महामारीको पछिल्लो अवस्थाप्रति समेत जानकारी गराइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ