Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदेशमा बस्ने मोरङ- सुनसरीका नेपालीले जन्मथलोमा बाडे अक्सिजन सिलिण्डर

विदेशमा बस्ने मोरङ- सुनसरीका नेपालीले जन्मथलोमा बाडे अक्सिजन सिलिण्डर


ब्रिजवेन

विदेशमा छरिएर रहेका मोरङ र सुनसरीका नेपालीले आफ्नो जन्मभूमिमा अक्सिजन सिलिण्डर वितरण गरेका छन् ।
मोरङसुनसरी सेवा समाजमार्फत उनीहरुले दुइ जिल्लाका १८ पालिकाका स्वास्थ्य संस्थालाई ७८ थान अक्सिजन सिलिण्डर वितरण गरेको हो । समाजका प्रवास शाखा समन्वय समिति संयोजक बिनोद भट्टराईले १५ लाख रुपैया बराबरका अक्सिजन सिलिण्डर वितरण गरिएको नेपालट्युबलाई जानकारी दिनुभयो ।
बिहिबार बिराटचौकमा एक कार्यक्रम गरि स्वास्थ्य संस्थाका प्रतिनिधीहरुलाई सिलिण्डर हस्तान्तरण गरिएको हो । दुइ जिल्लामा अक्सिजन सिलिण्डर वितरण गर्न समाजमार्फत अष्ट्रेलिया, अमेरिका, जापान, कुवेत, माल्टा, युएई, साउदी अरब र बहराइनमा बस्ने मोरङ सुनसरी स्थाई घर भएका नेपालीहरुले आर्थिक सहयोग गरेका थिए । अष्ट्रेलियामा बस्ने नेपालीले मात्रै ३ लाख रुपैयाभन्दा बढी रकम पठाएको भट्टराईको भनाई छ ।

बिहीबार मोरङका सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका, रतुवामाइ नगरपालिका, कानेपोखरी गाउँपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र धरानस्थित एक उपस्वास्थ्य चौकीले सिलिन्डर पाएका छन् । अन्य केहि पालिकालाई सम्पर्क गएिको भएपनि सिलिन्डर लिन आई नपुगेको तर ति पालिकाका प्रतिनिधि आएपछि हस्ताण्तरण गरिने बताइएको छ । यसअघि पहिलो चरणमा मोरङको केराबारी र सुनसरीको रामधुनी नगरपालिकालाई अक्सिजन सिलिन्डर बितरण गरिसकिएको छ ।

सिलिण्डर हस्ताण्तरण कार्यक्रममा अध्यक्ष लोक वहादुर तामाङले सहयोग गर्ने सम्पुर्ण शाखाहरु र विभिन्न देशमा कार्यरत सहयोगी मोरङसुनसरीवासीलाई धन्यवाद दिनुभएको छ ।


ट्याग : #Australia, #morang, #oxygen, #sunsari
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ