Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia७१ वर्षिया मोडलको सिड्नीमा धमाकेदार क्याटवाक

७१ वर्षिया मोडलको सिड्नीमा धमाकेदार क्याटवाक


ब्रिजबेन । उमेर केवल एउटा अंक मात्र हो । नेपाली समाजमा यो भनाई त्यति सान्दर्भिक नदेखिएपनि एक ७१ वर्षीया मोडलले मोडलिङ मञ्चमा उमेरले इच्छाशक्तिलाई रोक्दैन भन्ने साबित गरेकी छन् । अष्ट्रेलियन फेसन विकमा आफ्नो रनवे डेब्यू गरेर सारा ग्राण्टले सबैको ध्यान तानेकी हुन् ।

गत बिहीबार आयोजित फेसन विकमा जब सारा स्विमसुटमा र्याम्पमा देखिइन् । सबैको नजर उनीतिरै देखियो । कालो स्कूप–नेक स्विमसुट माथि फ्लोरल प्रिन्टेड ओवर सर्ट लगाइकी उनले उमेरसँग जोडिएका सबै भ्रम तोडेकि छिन् । सिड्नीको केरिजवक्समा भएको फेशन विकमा साराले आफूलाई एक मिसाइलका रुपमा प्रस्तुत गरेकी थिइन् । ‘वृद्ध महिलाहरुका लागि एक परिपक्क व्यक्तिको जस्तै आउटफिट लगाउन मनलाग्छ । स्विमसुट लगाउनु मेरा लागि कुनै ठूलो समस्याको कुरा थिएन । किनकी ७० आजको नयाँ ५० सरह हो । हामी सबै स्वस्थ छौं । त्यहीकारण बढी समय बाचिरहेका छौं । तपाईंले एउटा मात्र शरीर पाउनुभएको छ । त्यसमा गर्व गर्नुपर्छ । कुनै आकार, तौल र उमेर भन्दा पनि अरुलाई सशक्त बनाउन काम गर्नुपर्छ’, साराले भनेकी छन् ।

अन्तर्राष्ट्रिय अनुभवी मोडल बनेकी साराले १६ वर्षको उमेरमा आफ्नो पहिलो र्याम्पवक गरेकी थिइन् । यो र्याम्पवक न्यूजिल्याण्डमा पाइरी कार्डिनका लागि गरेको साराले स्मरण गरिन । ‘म एक ड्रेस रिहल्सल हेर्न गएको थिएँ । उनीहरुले मलाई कुनै पनि हालतमा शोमा सहभागिता जनाउने निर्णय लिए किनकी म अन्य युवतीभन्दा अग्ली थिएँ’, पहिलो मोडलिङ अनुभव सुनाउँदै साराले भनिन । अहिले साराको चर्चा एंटीपोड्सदेखि यूरोप र अमेरिकासम्म छ । पेरिस, इटली र लण्डनमा वोगका लागि उनले मोडलिङ गरेकी छन् ।

अष्ट्रेलिया आउनुअघि साराले पेरिस, मिलान र लण्डनमा भेलेन्टिनो, कार्ल लेजरफेल्ड र जान्द्रा रोडेज जस्ता ब्राण्डका लागि क्याटवक गरिसकेकी छन् । ७० को दशकमा उनी प्लेब्वाय म्यागजिनको कभरमा पनि आइसकेकी छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ