Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाललाई कोरोना खोप सहयोग गर्ने अमेरिकी घोषणाले राजदूत बेरी उत्साहित

नेपाललाई कोरोना खोप सहयोग गर्ने अमेरिकी घोषणाले राजदूत बेरी उत्साहित


काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाललाई भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राजदूत बेरीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताउनुभएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले २ करोड ५० लाख डोज कोभिड–१९ विरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसँगै नेपालमा पनि खोप आउने भएको छ । नेपाल सहित दर्जन बढी मुलुकलाई ७० लाख खोप दिने घोषणा गरिएको छ । नेपालको भागमा कति पर्छ भन्ने अझै टुगो लागेको छैन । तर अमेरिकाबाट खोप आउने भने निश्चित जस्तै भएको छ ।

यसलाई अमेरिकाले सुरुवात भनेको छ । अमेरिकाले नेपाललाई खोप दिने भएपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी  बेरी ट्वीटरमार्फत यस्तो भन्नुभएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ