Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाले नेपाललाई दियो १८ लाख डलरको स्वास्थ्य सामाग्री

अष्ट्रेलियाले नेपाललाई दियो १८ लाख डलरको स्वास्थ्य सामाग्री


काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्धको लडाइँका लागि १८ लाख डलरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । अष्ट्रेलियन सेनाको विशेष विमानले काठमाडौं ल्याएको स्वास्थ्य सामग्री नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।

बलाधिकृत रथी शर्माले अस्ट्रेलियाले गरेको सहयोगप्रति हार्दिक आभारसहित धन्यवाद प्रकट गर्नुभयो । यस्तै राजदूत भल्कले पनि कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा कार्यरत नेपाली सेनालाई वेष्टर्न अस्ट्रेलिया सरकारले प्रदान गरेको १८ लाख डलरको सामाग्रीहरु हस्तान्तरण गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभएको छ । अस्ट्रेलियाली वायुसेनालाई सहयोग सामाग्री दक्षिण एसियामा ल्याईदिएकोमा राजदूत भल्कले धन्यबाद दिनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ