Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकोरोनाले थलिएका भारतीय स्टील तथा सिमेन्ट उद्योग लयमा फर्किदै

कोरोनाले थलिएका भारतीय स्टील तथा सिमेन्ट उद्योग लयमा फर्किदै


नयाँ दिल्ली । भारतमा गत बर्षदेखी कोभिड १९ माहामारीले प्रभावित भएका स्टील तथा सिमेन्ट व्यावसायहरुको पुनरुत्थान सुरु भएको छ । भारतमा स्टील तथा सिमेन्ट व्यावसाय लयमा फर्कीरहेको बेला चालु आर्थिक बर्षको अन्तिम चार महिनामा स्टील कम्पनीहरु थप नाफामा जाने आंकलन गरिएको हो ।

स्टील तथा सिमेन्ट उद्योग क्षेत्रको आर्थिक वृद्धिदर बारे केयर सुचांकले रिपोर्ट सार्वजनिक गर्दै सुधारको संकेत दिएको छ । चालु आर्थिक बर्षको पहिलो चार महिनामा भारी गिरावट आएको स्टील व्याबसाय दोस्रो चार महिनामा भने सुधार भएको उद्योगीहरुले बताएका छन् । आगामी आर्थिक बर्षमा स्टील तथा सिमेन्ट उद्योगको थप १३ प्रतिशतले आर्थिक वृद्धि हुने पनि प्रक्षेपण गरिएको छ । जुन यो दशककै सबैभन्दा धेरै बृद्धिदर हुनेछ । स्रोत : स्टेलिग्राफ ईन्डीया



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ