Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा हराए अर्काे नेपाली ! समुन्द्र तटमा गाडी छाेडेर कता गए उनी ?

अष्ट्रेलियामा हराए अर्काे नेपाली ! समुन्द्र तटमा गाडी छाेडेर कता गए उनी ?


सिड्नी/डिसेम्बर
दक्षिण अष्ट्रेलियामा एक नेपाली हराएका छन् ।
प्रहरीका अनुसार २२ वर्षिय निश्चल घिमिरे गत डिसेम्बर २७ विहिवार दिउँसाेदेखि हराएका हुन् ।

दक्षिण अष्ट्रेलियामा हराईरहेका निश्चल घिमिरे तस्बिर- प्रहरी

दक्षिण अष्ट्रेलियाकाे क्लेरेन्स पार्कमा बस्ने घिमिरे आफुले हेरचाह गर्ने बालक घुमाउने क्रममा हराएका हुन् । घिमिरेले बालबालिका हेरचाह गर्ने काम गर्थे ।

समुन्द्र छेउमा भेटिएकाे घिमिरेकाे कार
दक्षिण अष्ट्रेलिया प्रहरीकाे सूचना

घिमिरे बालक लिएर नजिकै रहेकाे ग्लेनग समुन्द्री तटमा गएका थिए । बालक भने तट नजिकै सकुशल भेटिएकाे छ ।
घिमिरे हराएकाे सूचना भने प्रहरीले शुक्रबार मध्यान्हमात्र खबर पाएकाे थियाे ।
भेटिएकाे बालककाे अवस्था अनुसार घिमिरेसगै पाैडी खेलेकाे जस्ताे देखिने प्रहरीले जनाएकाे छ ।
निश्चल चढेकाे कार भने विच नजिकै भेटिएकाे छ ।
पैदल, हवाई र समुन्द्रमा व्यापक खाेजी भईरहकाे प्रहरीकाे भनाई छ ।
घिमिरे बारे कसैसग सूचना भए खबर गर्न प्रहरीले अनुराेध गरेकाे छ ।
३ महिना पहिले पनि सिड्नीकाे रकडेलबाट एक नेपाली हराईरहेका छन् । रामचन्द्र खड्का नाम गरेका ती नेपालीकाे अवस्था अझै अज्ञात छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ