Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा अनौठो अफर, कोरोनाविरुद्धको खोप लगाउँदा एक खिल्ली गाँजा निःशुल्क !

अमेरिकामा अनौठो अफर, कोरोनाविरुद्धको खोप लगाउँदा एक खिल्ली गाँजा निःशुल्क !


एजेन्सी,वासिङ्टन । आफ्नो राज्यका धेरैभन्दा धेरै जनसंख्यालाई खोपका लागि आकर्षित गर्न अमेरिकाको वासिङ्टन राज्यले अनौठो योजना अघि सारेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउन आउने वयस्कहरुलाई वासिङ्टन राज्यले एक खिल्ली गाँजा निःशुल्क दिन थालेको हो ।

राज्यको लिक्वर एन्ड क्यानेबिस बोर्डले सोमबार ‘जोइन्टस् फर ज्याब’ (खोपको बदला गाँजा) योजना तत्काल लागू हुने र जुलाई १२ सम्म जारी रहने घोषणा गरेको छ । बोर्डले खोपको पहिलो डोज वा दोस्रो डोज लगाउने २१ वर्ष वा सोभन्दा माथिका वयस्कलाई खोप लगाएको बदलामा तयार गरिएको गाँजाको एक खिल्ली निःशुल्क दिन बिक्रेताहरूलाई आदेश नै दिएको छ ।

यस्तो अनौठो अफर ल्याउने वासिङ्टन पहिलो राज्य भने होइन । एरिजोनामा पनि खोप लगाएवापत गाँजा दिने अफर ल्याइएको थियो । केही राज्यले बियरको अफर समेत गरेका थिए । हालसम्म वासिङ्टनमा ५८ प्रतिशत जनाले कम्तिमा एक डोज खोप लगाएका छन् भने ४९ प्रतिशतले दुवै डोज लगाएका छन् । न्यूयोर्क टाइम्सबाट



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ