Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाललाई खोप र स्वास्थ्य सहायता माग्दै बेलायतका १६ जना सांसदले लेखे पत्र

नेपाललाई खोप र स्वास्थ्य सहायता माग्दै बेलायतका १६ जना सांसदले लेखे पत्र


काठमाडौं । नेपाललाई खोप लगायत स्वास्थ्य सहायता उपलब्ध गराउन भन्दै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् । नेपालमा स्वास्थ्य संकटको अवस्थाबारे जानकारी गराउँदै सांसदहरुले कोरोनाविरुद्धको भ्याक्सिन तत्काल उपलब्ध गराउन विदेशमन्त्रीलाई पत्र लेखेका हुन् ।

गोर्खा सैनिकले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग उल्लेख गर्दै सांसदहरुले पत्रमार्फत नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराउन ढिला नगर्न आग्रह गरेका छन् । विदेश मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन अनुरोध गरिएको छ ।

यस्तो छ पत्र :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ