Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपरिक्षणसँगै संक्रमण घटेको नेपालमा किन घटेन कोरोनाको मृत्युदर

परिक्षणसँगै संक्रमण घटेको नेपालमा किन घटेन कोरोनाको मृत्युदर


काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा केही कमी आएतापनि मृत्युदरमा उल्लेख्य सुधार देखिएको छैन् । कारोनाका कारण यस अघि जेष्ठ ५ गते अहिलेसम्मकै सबैभन्दा धेरै २ सय ४६ जना कोरोना संक्रमितको ज्यान गएको थियो । अहिलेसम्म पनि कोरोना संक्रमित मृतकको संख्यामा उल्लेख्य कमी आएको छैन्न ।

जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणी दिक्षितले कोरोना संक्रमण कम हुदैँ गएको दाबीसहित आगामी दिनमा अझै कमी आउने बताउनुहुन्छ ।
पछिल्लो एक साताको अवधिमा मात्रै कोरोना संक्रमणबाट ६ सय ४४ जनाको मृत्यु भएको छ । जेठ १९ गते बुधबार १ सय १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने २० गते मृतकको संख्यामा केही कमी आएको थियो सो दिन संक्रमणका कारण ७५ जनाको मृत्यु भयो । यस्तै जेठ २१ गते ६८ जनाको मृत्यु भएको थियो । जेष्ठ २३ गते मृतकको संख्या उकालो लाग्दै ९९ पुग्यो । भोलिपल्ट अर्थात जेठ २४ गते ९२ जनाको मृत्यु भयो । मृतकको संख्या बढ्दै जादा जेठ २५ गते १ सय ८ जनाको मृत्यु भयो । जेठ २६ गते ८१ जनाले कोरोनाबाट ज्यान गुमाएकोमा २७ गते ५९ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।

यसरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको तथ्याङक हेर्दा कोरोना संक्रमणका कारण मृत्यु हुने मृतकको संख्यामा उल्लेख्य कमी आउन सकेको छैन् । संक्रमण दरमा सामान्यकमी भएपछि एक व्यक्तिले अन्यलाई संक्रमण सार्ने दरमा समेत खासै सुधार देखिएको छैन । संक्रमण दर आशालाग्दो तरिकाले नघटेकाले जोखिम बाँकी नै रहेको विज्ञहरूले बतनाइरहँदा सरकार भने निषेधाज्ञा केही खुकुलो बनाउने तयारीमा छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ