Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगण्डकी प्रदेशमा फेरिदै सत्ता, मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पक्का

गण्डकी प्रदेशमा फेरिदै सत्ता, मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पक्का


काठमाडौं, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले दाबी पेश गर्नुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि प्रदेशप्रमुख समक्ष दावी पेश गर्नुभएको हो ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १५, माओवादी केन्द्रका ११ सभामुखबाहेक, जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन तयार छन् । यस्तै,स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले कित्ता परिर्वतन गरेर विपक्षी गठबन्धनलाई साथ दिएसँगै विपक्षी गठबन्धनसँग मुख्यमन्त्री नियुक्तिका लागि चाहिने ३१ मत देखिएको छ । शशरिर उपस्थित भएर बहुमत सांसदहरुले दाबी पेश गरेसँगै अब एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने पुथ्वी सुब्बा गुरुङको सत्ता पल्टिएको छ भने लामो समय सत्ता बाहिर रहेको नेपाली कांग्रेस प्रदेश सरकारको नेतृत्वमा आएको छ ।

बिहीबारमात्रै मुख्यमन्त्री गुरुङ प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए । आज ३ बजेमात्रै प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि २४ घण्टाको समय उपलब्ध गराएर सरकार गठनको आह्वान गनुभएको थियो । राष्ट्रिय जनमोर्चा संसदीय दलको निर्णयअनुसार प्रदेशसभा सदस्य कृष्ण थापा कारवाहीमा परेसँगै प्रदेशसभा सदस्यको संख्या घटेर ५९ सदस्यमा खुम्चिएको छ । योसँगै अब बहुमतका लागि ३० सांसद नै पर्याप्त हुने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ