Techie IT
Saturday July 24, 2021  |   शनिबार, साउन ९, २०७८
गृहपृष्ठ » Breaking News » विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर सुधार्न ७ अर्ब २ करोड सहायता दिने

विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर सुधार्न ७ अर्ब २ करोड सहायता दिने


118 Views

काठमाडौं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६० मिलियन अमेरिकी डलर अर्थात ७ अर्ब २ करोड रुपैयाँ सहायता घोषणा गरेको छ । बैंकको बोर्ड अफ डाइरेक्टरले शुक्रबार नै सहायताको अनुमोदन गरेको भन्दै विश्व बैंकले वक्तव्य जारी गरेको हो ।

विपन्न र सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा पहुँच तुल्याउन र अनलाइन सिकाइमा जोड दिन उक्त रकम विनियोजन गरिएको विश्व बैंकले जनाएको छ । ‘कोरोनाभाइरस महामारीले दक्ष जनशक्ति निर्माणको आवश्यकतालाई महसुस गराएको छ’ बैंकको नेपाल निर्देशक फरिस हडाड जर्भोसले भन्नुभयो, ‘कोभिड–१९ महामारीबाट नेपालको आर्थिक पुनउत्र्थानका लागि आवश्यक श्रमशक्ति जुटाउन पनि शैक्षिकरुपमा दक्ष जनशक्ति बनाउनु जरुरी छ ।

सहयोगले श्रमशक्ति निर्माण गर्न नेपाललाई उच्च शिक्षामा जोड दिन सघाउ पुर्‍याउने आशा विश्व बैंकले गरेको छ । यो कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ महामारीको कारण आर्थिक संकट झेलिरहेका गरिबहरुलाई उच्च शिक्षामा आकर्षित गर्नु रहेको बताइएको छ ।

क्याटेगोरी : Breaking News, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-