Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब भारतीय सेनामा नेपाली महिलालाई समेत जागिरको अवसर

अब भारतीय सेनामा नेपाली महिलालाई समेत जागिरको अवसर


काठमाडौं । अब नेपाली महिलाहरुले समेत भारतीय सेनामा जागिर पाउने भएका छन् । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने जानकारी दिएको हो ।

भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेबसाइट भारतीय सेनाको वेबसाइटमा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । भर्ना हुन चाहनेहरुका लागि आगामी जुलाई २० तारिखसम्म आवेदन दिने हदम्याद राखिएको छ । आवेदन दिनेको उमेर १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । सन् २००० देखि २००४ सम्म जन्मिएको हुनुपर्ने उल्लेख छ ।

शहीद परिवारका सदस्यबाट भने ३० वर्षसम्मकाले आवेदन दिन पाउनेछन् । कक्षा १० पास गरेको र प्रत्येक विषयमा ३३ प्रतिशत मार्क्स र जम्मा ४५ प्रतिशत ल्याएको हुनुपर्ने योग्यता तोकिएको छ । अम्बाला, जबलपुर, बेल्गाम, पुने, लखनाउ, शिलोङबाट भर्ना खुल्ने उल्लेख गरिएको छ । अनलाईनबाट प्राप्त हुने प्रवेश कार्डमा छनोटको मिति र स्थान जानकारी गराइएको छ । शारीरिकको हकमा १६ सय मिटर दौड, ८ मिनेट लङजम्प, १० फिट हाइजम्प आवश्यक पर्ने उल्लेख छ ।

यी सबै प्रक्रिया पुरा गर्नुअघि सबैको प्रवेश परीक्षाका रुपमा लिखित परीक्षा लिइने जानकारी दिइएको छ । अविवाहितको प्रमाणपत्र पनि पेस गर्नुपर्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ