Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsपाकिस्तानमा तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यू

पाकिस्तानमा तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यू


एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानमा तिर्थयात्रुहरु बोकेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यू भएको छ । ४२ भन्दा बढि घाइतेको भएका छन् । प्रान्तिय राजधानी क्वेटा भन्दा २६० किमी दक्षिणतर्फ पर्ने खुज्दार शहर नजिक बस दुर्घटना भएको सुरक्षा अधिकारी विलाल अहमदले जानकारी दिएका छन् । यो घटना शुक्रवार बिहानको हो ।

विलाल अहमद्का अनुसार बस अत्याधिक तिव्र गतिमा थियो र अनियन्त्रित भएर सडम मुनी खसेको थियो । दुर्घटनाका गम्भीर घाइतेहरुलाई कराँची लगिएको विलालले बताएका छन् । दुर्घटनास्थलवाट कराँची करिब ३५ किमी पर छ । बलोचिस्तानको वाध क्षेत्रमा एउटा धार्मिक सभामा भाग लिएर तिर्थयात्रुहरु सिन्ध प्रान्तमा फर्किरहेको बताइएको छ । हुन् त पाकिस्तानको सडकहरुमा सडकहरुको अवस्थाका कारणले दुर्घटनाहरु भइरहन्छन् । सन् २०१८ को विश्व स्वास्थ संगठनको अध्ययन हेर्ने हो भनें सन् २०१६ मा मात्रै कम्तिमा २८६५२ जना पाकिस्तानीहरु सडक दुर्घटनामा मारिएका थिए । यस अनुपात हेर्ने हो भनें प्रति १ लाख पाकिस्तानी जनसख्याँमा १४।३ प्रतिशत को दुर्घटनामा मृत्यू भएको देखिन्छ ।

सन् २०१६ पछि चाँही चीनको सहयोगमा पाकिस्तानको यातायात संरचनाहरु विकास र बिस्तार गरिन थालियो । ६० विलियन अमेरिकी डलर बरावरको चाइना पाकिस्तान इकोनोमीक करीडर अन्र्तगत दुई देश विचको यातायात, भौतिक संरचना र वाणिज्य विकास गरिने योजना छ ।
यद्धपी पाकिस्तानका बिभिन्न सडक र रेल संरचनाहरु अझै पनि उस्तै छन् । गत हप्ताको सोमवार मात्रै सिन्ध प्रान्तमा एउटा यात्रुवाहक रेल आफ्नो ट्याकवाट निस्केर अर्को रेलसंग ठोकिँदा ६३ जनाको मृत्यू भएको थियो । यस दुर्घटनामा मात्र १००० जना भन्दा धेरै घाइते भए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ