Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजी–सेभेन राष्ट्रका नेताहरु गरिब तथा विपन्न देशमाथी किन देखाउँदैछन सक्रियता ?

जी–सेभेन राष्ट्रका नेताहरु गरिब तथा विपन्न देशमाथी किन देखाउँदैछन सक्रियता ?


काठमाडौंं । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जी–सेभेन राष्ट्रका नेताहरुले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी–सेभेनले पास गरेको हो ।

जी–सेभेन समिटका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई सार्थक पार्नुपर्ने बताउनु भएको छ । अमेरिका समर्थित बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई चीनको महत्वाकाङ्क्षी बेल्ट एण्ड रोड इनिसिएटिभको विकल्पको रुपमा हेरिएको छ । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले कयौँ देशमा रेल, सडक र बन्दरगाह सुधारका लागि आर्थिक सहयोग गर्दै आएको छ । जी–सेभेनले यो अभियान मार्फत चीनले गरिब देशलाई थेग्नै नसक्ने ऋणको भार बोकाएको निष्कर्ष समेत निकालेको छ ।

विश्वका धनी तथा औद्योगिक राष्ट्रहरु चीनको सक्रियता कम गर्नेगरि अग्रसर हुन थालेसँगै अब विश्वभर नै चीन र बाँकी राष्ट्रहरुको दुईधार देखापर्ने आँकलन गर्न थालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ