Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपाकिस्तानमा बेपत्ता भएकाहरुको खोजी र छानबीनका लागि परिवारको दबाब

पाकिस्तानमा बेपत्ता भएकाहरुको खोजी र छानबीनका लागि परिवारको दबाब


पाकिस्तान,पेशावर । पाकिस्तानको पेशावर शहरमा बेपत्ता पारिएकाहरुको सकुशल घर फिर्ता गर्न आफन्तहरुले दबाब दिन थालेका छन् । पेशावर प्रेस क्लबमा पत्रकार सम्मेलन गर्दै बेपत्ताका आफन्त तथा परिवारहरुले उनीहरुको विनासर्त सकुशल फिर्ता गर्न र निष्पक्ष छानबीनका लागि अदालतमा उपस्थित गराउन माग गरेका हुन् ।

सन् २००९–२०१० मा बेपत्ता पारिएकाको खोजी र छानबीनका लागि परिवारले सरकारसँग माग गरेका छन्। बेपत्ताको छानबीनका लागि सबै सम्बन्धित निकायमा आग्रह गरेको तर कुनै जवाफ नआएको परिवारले बताएका छन् । अदालतले २ सय ७० जना बेपत्ताको रिहाइको फैसला गरेपनि अधिकांश अझै रिहा नभएको बताइएको छ। बेपत्ता भएकाहरु बिद्यालाय पढ्ने बालकहरु समेत रहेको र एकै परिवारका आठ जना सम्म बेपत्ता पारिएको पाकिस्तानी संचार संस्थानहरुले जनाएका छन् । स्रोतः जी फाईभ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ