Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहिरासतमा रहेकी म्यानमारकी प्रजातन्त्रबादी नेतृ सुचीको भ्रष्टाचार मुद्दाको सुनुवाई हुँदै

हिरासतमा रहेकी म्यानमारकी प्रजातन्त्रबादी नेतृ सुचीको भ्रष्टाचार मुद्दाको सुनुवाई हुँदै


एजेन्सी । म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुचीमाथि लगाइएको भ्रष्टाचार आरोपको मुद्दा सुनुवाई भैरहेको छ । म्यानमारमा सेनाले कु गरेपछि नजरबन्दमा रहेकी सुचीलाई सुनुवाईको लागि अदालत लगिएको छ । सेनाले सुचीमाथि आर्थिक अनियमितता, सुन र मोटो रकम घुस लिएको लगायतका आरोप लगाउँदै मुद्दा दायर गरको हो ।

म्यानमारको सेनाले सुचीलगायत अन्य नेता तथा उच्चअधिकारीहरु माथि पनि विभिन्न मुद्दा लगाएको छ । सुनुवाईकै क्रममा आज नेशनल लिग फर डेमोक्रेसीका एनएलडीका नेताहरु पनि उपस्थित हुने जनाइएको छ । नेतृ सुचीले देश, जनता, र प्रजातन्त्रकालागि गरेको योगदान र संघर्षका विरुद्धमा दागलगाउन सैनिक सरकारले अनेक आरोप लगाइरहेको बिश्लेषण म्यानमारसँगै प्रजातान्त्रिक मुलुकमा हुन थालेको छ । म्यानमारको जुन्ता सरकारले गत साता पनि नेतृ सुचीका बिरुद्धमा नयाँ आरोपसहितको मुद्दा दर्ता गरेको थियो ।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले बिभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिंदै सत्ता हत्याएको थियो । सेनाले निर्वाचनमा धाँधली भएको भन्दै आफ्नो सरकारले छिट्टै निष्पक्ष निर्वाचन गराउने र सत्ता छोड्ने घोषणा गरेपनि अन्योल र आन्दोलन यथावत नै छ । सेनाको घोषणा प्रति आम नागरिक र बिश्व समुदायले आपत्ति जनाउँदै आएका छन भने सेनाको कदम विरुद्ध भएको आन्दोलनमा ५ सय ५० बढीको मृत्यु भएको छ ।

सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले ‘सीआरपीएच’ नामक एउटा समिति गठन गरेका छन् । मान विन खाइन थान त्यसका प्रमुख छन् र सीआरपीएचले म्यान्मारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्न खोजिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ