Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआतंकवाद र अतिवादको मुकाविला गर्न भारत र माल्दिभ्स एकमत

आतंकवाद र अतिवादको मुकाविला गर्न भारत र माल्दिभ्स एकमत


काठमाडौं, नयाँ दिल्ली। भारत र माल्दिभ्सले प्रतिआतंकवाद, अतिवाद र हिंसात्मक चरमपन्थीबिरुद्धको पहिलो संयुक्त बैठक आयोजना गर्दै आतंकवादबिरुद्धको लडाईमा साझेदारीता सुदृढ पार्नुपर्नेमा जोड दिएका छन्।

दुबै पक्षले सबै प्रकारका आतंकबादको भत्सर्ना गर्दै आतंकवाद बिरुद्धको लडाईमा वृहत र दिगो सहकार्यको आवश्यकता औल्याएका हुन्। हरेक देशले आतंकबाद बिरूद्ध ठोस कारबाही गर्नुपर्नेमा पनि भारत र माल्दिभ्सले जोड दिएका छन्। आतंकबाद क्षेत्रीय चूनौती र खतरा रहेको भन्दै अतिवाद र आतंकबादको खतरा कुनैपनि देशको सीमाभित्र मात्र नहुने भएकाले अन्तर्राष्ट्रिय सहकार्य अति आवश्यक भएकोमा दुबै देशको जोड रहेको छ । स्रोतः लेटेस्टेली–



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ