Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचीनले नयाँ अन्तरिक्ष केन्द्रमा पठायो तीन महिना बस्नेगरि तीन यात्रीसहितको यान

चीनले नयाँ अन्तरिक्ष केन्द्रमा पठायो तीन महिना बस्नेगरि तीन यात्रीसहितको यान


एजेन्सी । चीनले तीन अन्तरिक्ष यात्रीलाई आफ्नो नयाँ अन्तरिक्ष केन्द्रतर्फ पठाएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान चीनले यात्रीसहितको यान नयाँ अन्तरिक्ष केन्द्रका लागि पठाएको हो ।

उत्तर पश्चिमी चीनमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पठाइएका तीन यात्रीहरुले नयाँ अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् र त्यहाँ अन्तरिक्ष केन्द्रको निर्माण सम्बन्धी काम गर्ने सरकारी अधिकारीहरुले बताएका छन् । अन्तरिक्ष यात्रीहरु नी हेशेङ्ग, लियू बोमिङ्ग र ताङ्ग होङ्गबोसहितको अन्तरिक्ष यात्रा चीनको अहिलेसम्मकै लामो अवधिको अन्तरिक्ष अभियान हो । पछिल्लो पाँच वर्षयता चीनले पहिलोपटक टोली नै पठाएको छ ।

सेन्झोउ–१२ क्याप्सुल अन्तरिक्ष यानलाई अहिले नयाँ अन्तरिक्षमा पठाउँदासम्म चीनले आफ्नो अन्तरिक्ष क्षमता बिस्तार गर्दै लगेको छ । पछिल्लो ६ महिनामा चीनले चन्द्रमाको सतहबाट माटो र ढुंगाको नमूना ल्याउन सफल भएको छ । यस्तै मंगल ग्रहको सतहमा ६ चक्के रकेट अवतरण गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ