Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरोग प्रतिरोधी क्षमता बढाउन यी कुरामा ध्यान दिनुहोस्

रोग प्रतिरोधी क्षमता बढाउन यी कुरामा ध्यान दिनुहोस्


काठमाडौं । कोरोनाले विश्वभर नै ठूलो मानविय क्षति गराएको छ । महामारि रोकथामका लागि भन्दै गरिएको बन्दाबन्दीले अर्थतन्त्र समेत तहसनहस बनेको छ । यो विश्वव्याधिबाट कतिले ज्यान गुमाए, कतिले परिवार । कतिले शारीरिक पीडा झेले त कतिले मानसिक तनाव । कुनैपनि संक्रामक रोगबाट बच्न भौतिक दूरी कायम राख्नुपर्छ । शारीरिक सरसफाईमा ध्यान दिनुपर्छ । पोषिलो र सन्तुलित खानपान गर्नुपर्छ । र, शरीरमा रोगसँग लड्ने क्षमता बढाउनुपर्छ भन्ने पाठ भने कोरोनाले धेरैलाई सिकाएको छ ।

स्वस्थ जीवनशैली अपनाउनु नै प्रतिरक्षा प्रणालीका लागि सबैभन्दा राम्रो विकल्प हो । हाम्रो शरीरको हर अंगले त्यसबेला मात्र सही एवं चुस्त ढंगले कार्य सम्पादन गर्छ, जब त्यसमा स्वस्थ्य खानपान र सकारात्मक वातावरण प्राप्त हुन्छ । जीवनमा तनाव कमभन्दा कम होस् । पर्याप्त निद्रा लिइयोस् । निद्रा र रोग प्रतिरोधक क्षमतावीच गहिरो सम्बन्ध छ । कम वा खराब गुणवत्ता निद्रा, कोराना वा अर्को रोगको कारण मात्रै बन्दैन, यसले ठूलो जोखिम समेत निम्त्याउन सक्छ ।

एक अध्ययन अनुसार जुन मान्छे हरेक रात ६ घण्टाभन्दा कम सुत्छन्, तुलनात्मक रुपमा उनीहरुलाई चाडै रोगले समात्छ । खासगरी चिसो वा रुघा खोकीले च्याप्छ । यो अध्ययनले निद्रालाई पनि एक ओखती समान मानेको छ । पर्याप्त र गहिरो निद्रा । सन्तुलित र पोषणयुक्त खानपान । सक्रिय दिनचर्या । नियमित व्यायाम । सकारात्मक चिन्तन् । यी सम्पूर्णको सन्तुलन बनाइराख्दा रोगको जोखिमबाट बच्न सकिन्छ । किनभने यसले नै हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।

यी कुरामा बिशेष ध्यान दिऔँ

जिंक
यो एक पोषक तत्व हो, जसले हाम्रो प्रतिरक्षा प्रणाली र मेटाबोलिज्मका लागि खास काम गर्छ । जिंकको आवश्यक्ता पुरा गर्न काजु, फर्सीको बियाँ जस्ता खानेकुरा खानु लाबदायक हुन्छ ।

नियमित व्यायाम
उमेर बढ्दै जाँदा शारीरिक गतिबिधि सुस्त हुँदै जान्छ । नियमित शारीरिक गतिविधिले प्रतिरक्षा प्रणाली थप बलियो बनाउँछ । यसले हाम्रो शरीरलाई संक्रामक रोगबाट बचाउँछ । त्यसैले शरीरलाई सक्रिय राख्नका लागि नियमित व्यायाम गर्नैपर्छ । व्यायामलाई आफ्नो दैनिकीको एक हिस्सा बनाउनुपर्छ । यो समेत रोग प्रतिरोधी क्षमता बढाउने एक उत्तम उपाय हो ।

हाइड्रेटेड रहने (पर्याप्त पानी पिउने)
उच्च प्रतिरक्षा प्रणालीका लागि पानीको सेवन अत्यावश्यक छ । खासगरी गर्मी महिनामा पर्याप्त पानी वा झोलयुक्त खानेकुरा जरुरी हुन्छ । स्वस्थ व्यक्तीका लागि दैनिक आठ गिलास पानी चाहिन्छ । त्यसबाहेक झोलयुक्त खानेकुरा खानुपर्छ । यसले सरिरको सबै अंगलाई गतिशितता प्रदान गर्छ ।

तनावमुक्त हुने
तनाव कुनैपनि समस्याको समाधान होइन । बरुतनावले आफैलाई धेरै दुःख दिन्छ । हुन त घर व्यवहारको कारण, दैनिक कामकाजको कारण हामीमा कुनै न कुनै किसिमको तनाव पैदा हुनसक्छ । तनाव पूर्णत हटाउन सकिदैन । तनावलाई व्यवस्थापन भने गर्न सकिन्छ । यसले पनि तपाई हाम्रो रोगलाई धेरै हदसम्म कम गर्न मद्दत गर्छ ।

धूमपान छाडौं
चुरोटको रसायनले फोक्सोलाई नराम्ररी प्रभावित बनाउँछ । यो क्यान्सरको कारण बन्न सक्छ । त्यसैगरी फ्लु, ब्रोंकाइटिस, निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी रोग पनि चुरोटकै कारण बढी निम्तिनेगरेको छ । आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउनका लागि चुरोट पिउने बानी त्याग्नैपर्छ ।

प्रकृतिसँग नजिक हुने
प्रकृतिसँग एकाकार हुने प्रयास गर्नुपर्छ । बनजंगल, चराचुरंगीसँग रमाउन सिक्नुपर्छ । माटो र पानीको सम्पर्कमा रहनुपर्छ । यसले तनावबाट मुक्त त राख्छ नै सकारात्मक सोंच चिन्तनलाई समेत विकास गराउँछ ।

भिटामिन सि
टर्रो फल र सागसब्जी भिटामिन सिले भरपुर हुन्छ । यस्ता खानेकुराको सेवनले शरीरमा सेतो रक्त कोष बढाउन सहयोग गर्छ, जुन संक्रामक रोगबाट बचाउन जरुरी हुन्छ । सरिरलाई सिथिलताबाट बचाउन समेत हरिया सागसब्जीहरु उपयोगी मानिन्छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ