Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकाको अलबामा राज्यमा आँधी, १८ वटा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

अमेरिकाको अलबामा राज्यमा आँधी, १८ वटा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु


काठमाडौं । अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको सडक दुर्घटनामा परेर बालबालिकासहित १० जनाको ज्यान गएको छ । १८ वटा गाडी दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको ज्यान गएको स्थानीय अधिकारीले जानकारी दिएका हुन् ।

ज्यान गुमाउनेमा ९ महिनाकी बालिकासमेत रहेको बताइएको छ । आँधीले कयौँ घरमा नोक्सानी भएको छ । घटनाको अनुसन्धानका लागि विज्ञको टोली खटिएको छ । अत्याधिक वर्षासँगै आएको बाढीले केहीलाई बगाएको आशङ्कामा खोजी कार्य समेत जारी राखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ