Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोभ्याक्स कार्यक्रम गरीब देशलाई भ्याक्सिन दिलाउन प्रभावकारी देखिएनः डब्लुएचओ

कोभ्याक्स कार्यक्रम गरीब देशलाई भ्याक्सिन दिलाउन प्रभावकारी देखिएनः डब्लुएचओ


एजेन्सी, काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी साझेदारी योजनामार्फत गरीब देशहरुलाई आवश्यकता अनुसार कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नसकिएको स्विकार गरेको छ । गरीब देशहरुलाई खोप बितरणका लागि ठूलो संख्यामा कार्यक्रम जारी राख्नुपर्ने भएपनि अहिलेको अभियान पर्याप्त नभएको डब्लुएचओली जानकारी दिएको हो ।

संगठनका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस ऐलवर्डले हालसम्म १ सय ३१ देशमा कोभ्याक्स कार्यक्रम जारी भएपनि विश्वव्यापी रूपमा फैलिएको भाइरसबाट बचाउन यो खोप अपुग भएको स्विकार गर्नुभयो । अफ्रिकी केही राष्ट्रहरूमा संक्रमणको तेस्रो लहर देखिएको समयमा डब्लुएचओको यस्तो धारणा आएको हो । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले धनी देशहरूलाई खोप उपलब्ध गराउन पुनःमाग गर्नुभएको छ । अफ्रिकी मुलुकहरुमा २ प्रतिशतभन्दा कमलाई खोप दिइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ