Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबेल्जियमका सांसदलाई चीनको प्रतिबन्ध !

बेल्जियमका सांसदलाई चीनको प्रतिबन्ध !


बेईजिङ । चीनले बेल्जियमका एक सांसदलाई प्रतिबन्ध लगाएको छ । चीनमा अल्पसंख्यक उइघुर समुदाय बिरुद्धको दमनले नरसंहारको रुप लिन सक्ने भन्दै बेल्जियमको संसदमा प्रस्ताब पेश गर्ने सांसदलाई चीनले प्रतिबन्ध गरेको हो ।

चीनमा उइघुर जातिबिरुद्धको मानव अपराधले नरसंहारको रुप लिन सक्ने भन्दै बेल्जियम संसदमा केही साता अघि प्रस्ताब पारित भएको छ । बेल्जियम सरकारले चीनसँगको सुपुर्दगी सम्झौता तथा यूरोपेली संघ र चीनबीच लगानी सम्बन्धि सम्झौता भंग गर्नुपर्ने प्रस्तावमा माग गरिएको छ । बेल्जियम संसदको यो कदमपछि प्रस्तावक सांसद साम्युल कोगोलटीलाई चीनले प्रतिबन्ध गरेको छ । सिन्जियाङको सामाजिक स्थायीत्व र चीनको समग्र विकासमा बाधा पुर्‍यउने उदेश्यले उइघुर बिरुद्ध नरसंहार भएको झुटो आरोप लगाएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले टिप्पणी गरे ।

चीनमा उइघुर बिरुद्ध नरसंहारको अबस्था पहिचान गर्न बेल्जियम संसदको कमद महत्वपूर्ण रहेको निर्वासित उइघुर समुदायको अन्तराष्ट्रिय संगठन वल्र्ड उइघुर कंग्रेसले बताएको छ । स्रोत: डेलीहन्ट



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ