Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews‘अरुकाे सम्मान हाम्राे पहिचान’ भन्दै सिड्नीका गुरुङले मनाए ल्हाेछार

‘अरुकाे सम्मान हाम्राे पहिचान’ भन्दै सिड्नीका गुरुङले मनाए ल्हाेछार


सिड्नी/सिड्नीका गुरुङहरुले जनवरी ५ शनिवार ल्हाेछार मनाएका छन् । कुकुर वर्गलाई बिदाई गरि मृग वर्गकाे स्वागत गर्दै गुरुङहरुले ल्हाेछार मनाएका हुन् । 

हर्जविलस्थित मराना अडिटरियम हलमा भएकाे ल्हाेछार कार्यक्रममा झण्डै सात सय जना सहभागी थिए । गुरुङ भेषभुषामा सजिएका युवा युवतिकाे भिडले हर्जविल क्षेत्र नेपालमय बनेकाे थियाे । मञ्चमा राखिएकाे कुकुर वर्ग हटाएर मृग वर्गकाे तस्बिर राखेपछि ल्हाेछार कार्यक्रम सुरु भएकाे थियाे । कार्यक्रममा गुरुङ लामाहरुले परम्परागत पुजापाठ समेत गरेका थिए । पुजाकाे प्रसाद सबै सहभागिलाई बाडिएकाे थियाे । यसअघि नेपालबाट गुरुङ कलाकार आउने भएपनि यसपाली स्थानिय कलाकारहरुकाे मात्रै प्रस्तुती थियाे । अष्ट्रेलियामा हुर्कदै गरेकाे दाेस्राे पुस्ता आफ्नाे संस्कार सिकाउन स्थानिय यसपाली स्थानिय कलाकारलाई महत्व दिईएकाे तमू समाज सिड्नीका अध्यक्ष टंक गुरुङले जानकारी दिनुभयाे । 

ल्हाेछार कार्यक्रममा स्थानिय कलाकारले काैडा, साेरठी, गुरुङ भाषा र नेपाली गित र नृत्य प्रस्तुत गरेका थिए । 

अष्ट्रेलियामा आयाेजना हुने सामुदायिक कार्यक्रमहरुमध्ये तमू ल्हाेछारलाई विशेष मानिन्छ । 

सन् १९९६ मा प्रेम गुरुङकाे सक्रियतामा तमू समाज सिड्नी गठन भएकाे थियाे । स्थापनासंगै  समाजले अष्ट्रेलियामा गुरुङ संस्कृति जाेगाउन महत्वपुर्ण भूमिका खेल्दै आएकाे छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ