Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्सको संयोजकमा प्रतिज्ञा र सन्ध्या भिड्दै, कसले मार्लान् बाजी ?

न्यु साउथ वेल्सको संयोजकमा प्रतिज्ञा र सन्ध्या भिड्दै, कसले मार्लान् बाजी ?


सिड्नी । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन नजिकिदै गर्दा विभिन्न राज्य तथा केन्द्रमा उमेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ । नेपालीको जनसंख्याका हिसाबले समेत ठुलो राज्य मानिएको न्यु साउथ वेल्सको मतदान सधै चासोको विषय बन्ने गर्छ । यो राज्यको संयोजक अध्यक्षपछिको महत्वपुर्ण पद हो ।

यसपाली न्यु साउथ वेल्स राज्यको संयोजक पदमा दुइ चिरपरिचित महिलाले उमेद्वारी घोषणा गरेपछि माहौल झनै तातेको छ । प्रतिज्ञा अधिकारी र सन्ध्या शाहले न्यु साउथ वेल्स राज्य संयोजकमा उमेद्वारी घोषणा गरेका हुन् । एनआरएनए अष्ट्रेलियाका भगिनी संस्था नारी निकुञ्जबाट सामाजिक कार्यमा होमिएका दुबैले सामाजिक रुपमा आफ्नो कद उचो बनाएका छन् ।

दुबै सन् २००९ देखि एनआरएनएको अभियानमा जोडिएका अभियन्ता हुन् । नेपालट्युबसंग कुरा गर्दै दुबैले आफु राज्य संयोजकका लागि योग्य भएको प्रतिक्रिया दिएका छन् ।

महिला भनेर होइन क्षमताका आधारमा भोट दिनुस -प्रतिज्ञा अधिकारी

सन् २००७ सालमा अष्ट्रेलिया आउनुभएका प्रतिज्ञा अधिकारी २ वर्षपछि नै एनआरएनएको अभियानमा जोडिनुभएको थियो । सानैदेखि न्यायका लागि लड्ने स्भावकी अधिकारीले एनआरएनको अभियानमा जोडिएर सामुदायिक हितमा काम गर्दै आउनुभएको छ । दुइ छोरीकी आमा समेत रहनु भएकी अधिकारीले आगामी कार्यकालका लागि ८ बुदे घोषणा समेत गर्नुभएको छ । जसमा नेपालमा कल्याणकारी परियोजना सुरु गर्ने देखि अष्ट्रेलियन सरकारसंग अनुदान लिनका लागि समिति बनाइने उल्लेख छ ।

अष्ट्रेलियामा हुर्कदै गरेको दोस्रो पुस्तालाई नेपालसंग जोड्नका लागि युवा सम्मेलन गर्ने विद्यार्थीलाई सहयोग गर्न परामर्श समिति गठन गरिने पनि अधिकारीको योजना छ । त्यस्तै घरेलु हिंसा, मानसिक रोग, लागू औषध दुव्येसनी बारे जनचेतना तथा कल्याणकारी कार्यक्रम सुरु गरिने अधिकारीले घोषणा गर्नुभएको छ । विगतका राम्रा कामलाई निरन्तरता दिदै एनआरएनएलाई अझ शसक्त बनाउने उदेश्यले आफुले उमेद्वारी दिएको अधिकारीको भनाई छ ।
आफु महिला भएपनि आफ्नो उमेद्वारी महिलाका लागि मात्र नभई सिंगो नेपाली समाजको उत्थानको लागि भएको अधिकारीले बताउनुभयो । लिंगको आधारमा भन्दा पनि आफ्नो क्षमता र समाजिक भावनाको कदर गर्दै आफुलाई मतदान गर्न प्रतिज्ञाले सबैलाई अनुरोध गर्नुभएको छ ।
राज्य संयोजककै अर्का उमेद्वारले पनि समाजमा राम्रै काम गरिरहेकाले भन्दै प्रतिज्ञाले आफ्नो खास प्रतिष्प्रर्धा आफैसंग भएको बताउनुभयो । ‘उहाँ सन्ध्याजिले राम्रै काम गर्नुभएको छ’-अधिकारीले भन्नुभयो -‘तर, मेरो प्रतिष्प्रर्धा उहाँसंग होइन, मेरो प्रतिष्प्रर्धा त म आफैसंग हो । म हिजो भन्दा आज र आज भन्दा भोली राम्रो काम गर्न चाहान्छु त्यसका लागि आफ्नो क्षमता कसरी वृद्धी गरि समाजलाई थप योगदान दिनसक्छु भन्ने प्रतिष्प्रर्धा आफैसंग हो ।’

नारी निकञ्जबाट सिकेको कुरा राज्यमा गर्न चाहान्छु- सन्ध्या शाह

नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक हुनुहुन्छ सन्ध्या शाह । नेपालगञ्ज स्थाई घर भएकी शाह सन् २००९ देखि नै एनआरएनए अभियानमा जोडिनु भएको थियो । महिला हक अधिकार तथा नेपालमा महिलाहरुको कल्याणकारी काममा योगदान दिएर नारी निकुञ्जको आफ्नो कार्यकाललाई सफल बनाउनु भएकी सन्ध्याले न्यु साउथ वेल्सको संयोजक पदमा उमेद्वारी दिनुभएको हो ।

आधिकारिक घोषणापत्र जारी गर्न बाकी रहेको सन्ध्याले न्यु साउथ वेल्स राज्यमा उत्कृष्ट काम गर्ने दाबी गर्नुभएको छ । केही दिनमै सबै  तयारी गरेर घोषणापत्र जारी गर्ने सन्ध्याले बताउनुभयो । नारी निकुञ्जमा सफल भएकोले त्यहि उर्जालाई राज्यस्तरमा सेवा गर्न खर्च गर्ने शाहको भनाई छ । आफु १२ वर्षदेखि एनआरएनएको अभियानमा जुटिरहेको भन्दै सन्ध्याले आफ्नो अनुभव, लगनशिलता र उर्जा खर्च गरेर प्रवासी नेपालीको सेवा गर्न आफु तयार रहेको बताउनुभयो ।

अर्का उमेद्वारको तुलना आफुसंग नगरेपनि सन्ध्याले क्षमताका आधार आफु संयोजकका लागि योग्य भएको बताउनुभयो ।

‘नारी निकुन्जको सदस्य हुँदै एनएसडब्लु राज्य समितीको महिला संयोजक, राष्ट्रिय संयोजक भएर काम गरिसकेको हुँदा थुप्रै कामहरुको अनुभव सँगै सस्थालाई उचाइमा पुर्याउन एक इट्टा थप्न मदत्त गरेको छु र निरन्तरताको क्रममा म अहिले एन आर एन अष्ट्रेलियाको उपाध्यक्ष तथा एनएसडब्ल्यू राज्य संयोजकको उम्मेदवार पदमा उभिएको’ भन्दै आफुलाई भोट दिन सन्ध्याले फेसबुकमा अपिल गर्नुभएको छ ।


ट्याग : #news, #NRNA Australia, #pratigya adhikari, #Sandhya Shah
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ