Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsभारतीय विदेशमन्त्री एस जयशंकरले गरे केन्याली समकक्षीसँग भेटवार्ता

भारतीय विदेशमन्त्री एस जयशंकरले गरे केन्याली समकक्षीसँग भेटवार्ता


नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले केन्या सकमक्षी रेसेल ओमामोसँग भेटवार्ता गरेका छन् । केन्याको तीन दिने भ्रमणमा गएका विदेशमन्त्री जयशंकरले केन्या समकक्षीसँग द्धिपक्षीय सहकार्य तथा क्षेत्रीय र ग्लोबल बिषयहरुमा छलफल गरेका हुन् ।

केन्या समकक्षी ओमामोसँगको भेटवार्तामा द्धिपक्षीय सबन्धबारे परिणाममुलक छलफल भएको जयशंकरले बताएका छन् । भारत र केन्या दुबै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्य राष्ट्र भएको हिसाबले क्षेत्रीय तथा ग्लोबल बिषयमा छलफल भएको सामाजिक सञ्जाल ट्विइटर मार्फत जयशंकरले जानकारी गराएका छन् । केन्या समकक्षीको साथमा विदेशमन्त्री जयशंकरको अध्यक्षतामा हुने भारत केन्या संयुक्त आयोगको आगामी तेस्रो बैठकमा द्धिपक्षीय सम्बन्धबारे समीक्षा हुने बताईएको छ ।

विदेशमन्त्री जयशंकरले भारत केन्या सम्बन्धबारे अन्य केन्याका मन्त्रीहरुसँग पनि भेटवार्ता गरेका छन् । स्रोत : हिन्दुस्तान टाईम्स



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ